हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित होराइजन अटो प्रा.लि.बजाज सोरुमबाट बजाज कम्पनिको मोटरसाइकल खरिद गरेका मकवानपुर मनहरी गाँउपालिकाका सागर थिङ्गले उपहारमा ५० हजार रुपैयाँ जित्न सफल भएका छन् ।

हरेक व्यक्तीको घरघरमा सवारी साधान भएको अवस्था संगै मोटर साएकल पनि अनिवार्य भएको छ ।
यसैक्रममा बजाज कम्पनीको मोटर साइकल कम्पनीले  अफर  सार्वजनिक गरिरहेको हुन्छ ।

अफर अन्तरगर्तनै हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित होराइजन अटो प्रा.लि. बजाजले पनि अफर अन्तर्गत बजाजको हरेक बाइकको खरिदमा २५ गुणा पक्का नगद उपहार पाइने जनाएको हो ।

यसैक्रममा विषेश गरी चाडपर्वलाई लक्षित गर्दै  अहिलेसम्मकै ठूलो अफर पाइने जनाए संगै  होराइजन अटो प्रा.लि. बजाज सोरुममा मोटरसाइकल खरिद  गरेर उपहारमा  नगद ५० हजार प्राप्त गरेका हुन् ।

यसअघिपनि बिभिन्न समयमा बजाज पारखी ग्राहकवर्गको चाहाना र माग अनुसार अफर ल्याइने गरेको प्रोपाइटर द्धय राजुरत्न बज्राचार्य र लालकाजी रत्न बज्रचार्यले बताएका छन् ।

अरु कम्पनीको तुलनामा पेट्रोलको राम्रो माइलेज सजिलै पार्ट्सहरु पाइने वारेण्टीमा सहज फाईनान्स सेवा लगायतका सेवासुविधामा सहज रहेको बज्रचार्य बताउछन्।

बजाजकै अफरमा गएको वर्ष २०७९ फाल्गुन १० गते बारा जिल्ला निजगढका बुद्धिबहादुर दोङले उपहारमा १ लाख रुपैयाँ जित्न सफल भएका थिए।

“चाडबाड बजाजको साथमा पक्का २५ गुणा पर्छ हातमा, बजाज बाइक किनीहालौं यो शुभ साइतमा ।”

भन्दै अफर चालाइएको हेटौंमा रहेको बजाज सोरुमले जनाएको हो ।
अफरको शुभ साइत गएको भाद्र २४ गतेदेखि सूरु भएको र मंसिर १४ गतेसम्म रहने छ।