उपमहानगरपालिकाद्धारा मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिका लागि ५ लाख बराबरको सामाग्रीहरु समेत हस्तान्तरण भएको छ ।
बागमती प्रदेशकै राजधानी समेत रहेको हेटौंडामा शनिबार सम्पन्न १६ औँ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता उक्त सामाग्री हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामाले हस्तान्तरण गरेकी हुन् ।
हेटौंडा उपमहानगरको सहयोगमा मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिद्धारा सम्पन्न तेक्वान्दो प्रतियोगितामा मेयर लामाद्धारा कार्यसमिति लाई ५ लाख बराबरको सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
सोही क्रममा उत्कृष्ट एक खेलाडि लाई एक बर्सको छात्रवृति दिने घोषणा समेत गरेकी छिन् भने मेयर लामाद्धारा नै खेलाडीहरुलाई पुरस्कार वितरण पनि गरिएको हो ।

जिल्लामा रहेर खेल क्षेत्रकामा तेक्वान्दोको बिकासका लागि केही गर्छु भन्दै सबिmय भएर काम गरिरहेको जिल्ला तेक्वान्दो अझ फस्ट्याएर जिल्लाभित्रबाट थप खेलाडी उत्पादन होस भन्नाका लागि सहयोग गरिएको प्रमुख अतिथी समेत रहेकी उपमहानगर मेयर लामाले बताइन् ।
उनले खेलाडीहरु उत्साह देखेर खुसी लागेको र खेल क्षेत्रमा निखार्दै अघि बढ्न खेलाडीहरुलाई शुभकामना दिदै खेल क्षेत्रका लागि व्यक्तीगत र उपमहानगरको सधै सहयोग रहने बताइन् ।
सामाग्री ग्रहण गर्दै खेलक्षेत्रमा उर्जा थपि अझ कामकाृ जिम्म्ेवारी थपको महसुस भएको र खेल सामाग्रीले मकवानपुरबाट अन्तरास्ट्रिय खेलाडी उत्पादन हुनेमा बिश्वास रहेको मकवानपुर जिल्ला तेक्वान्दोका अध्यक्ष लालकाजीरत्न बज्रचार्यले बताए ।
दुई दिनसम्म चलेको प्रतियोगितामा मकवानपुरका २२ वटा डोजाङका ३सय १५ जना खेलाडीले सहभागिता जनाएका थिए ।














प्रतिक्रिया दिनुहोस्