हेटौंडा उपमहानगरपालिका वडा–नम्बर ४ मा जिल्ला स्तरीय खुल्ला क्रिक्सल प्रतियोगिता हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा ४ मा रहेको फुटसलमा असोज २८ गते घटस्थापना देखि सुरु भई २ दिनमा समापन हुने जानकारी गराइएको हो ।

आयोजकले जानकारी दिए अनुसार कुल लागत१ लाख ५५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार रुपैयाँ र द्धितिय पुरस्कार १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कार्यक्रममा बोल्दै ४ नं. वडाका वडाध्यक्ष नवीन सिग्देलले वडाले यूवा लक्षितका बिभिन्न कार्यक्रमहरु गर्दै आएसंगै विशेष खेलको आयोजना गर्न लागेको बताए ।

यूवाहरुलाई सम्भावित र्दुव्यसनीबाट टाढा राख्न र मनोरञ्जनात्मक क्रियाकलाप प्रति उत्प्रेरित गर्न र शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रहरु मात्र नभएर खेलकुदलाई पनि बिषेष प्राथममिकतामा राखिदै आएको बताए ।