बागमती प्रदेशमा रहेको हेटौंडा अस्पतालमा मानसिक स्वास्थ्य उपचारका लागि मनोचिकित्सा वार्ड सञ्चालनमा आउने भएको छ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा हेटौंडा अस्पतालमा मंगलबारदेखि ओपीडि सेवा र आकस्मिक सेवा २५ शैया क्षमताको मनोचिकित्सा वार्ड सेवा र ओपिडि सेवा सञ्चालनमा आउने जानकारी गराइएको छ ।

सोमवार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा पत्रकार सम्मेलनको आयोजना गर्दै सेवा बारे जानकारी दिदै तीन जना डाक्टर सहितको टोलीबाट उपचार गरिने प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचनले बताए ।

उनले मानव सेवा आश्रममा ३० शैया क्षमताको मानसिक स्वास्थ्य पुर्नस्थापना केन्द्र सञ्चालन रहेको बताएका छन् ।

मानसिक स्वास्थ्य खराबका कारण दुर्व्यसन, हिंसा, डर, भय, चिन्ता र आत्महत्या जस्ता घटनाको शिकार शुने अवस्था पर्न सक्ने भएकाले अन्य व्यक्तीले यस्मा ध्यान दिनु पर्ने बताएका हुन् ।

प्रतिष्ठानले मकवानपुरका सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मनोसामाजिक, मानसिक स्वास्थ्य सम्बन्धी प्रयाप्त तालिम प्रदान गरिने र स्थानीय तहमा पनि ओपीडि सेवा प्रदान गर्ने योजना रहेको डा. शेरचनले बताएका हुन् ।

यसै स्वरुप आगामि आर्थिक वर्षमा भने मकवानपुर जिल्लाको १३ वटै गाउँपालिका केन्द्रमा मानसिक रोग विशेषज्ञ सहितको टोलिले महिनामा १ दिन मानसिक स्वास्थ्य सेवा संचालनमा ल्याइने उनको भनाइ छ ।

आयोजित पत्रकार सम्मेलनमा डिन दुर्गा मिश्र खड्का, स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. खगेन्द्र गेलाल, शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचन,स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजार, रजिष्ट्रार राजेश प्रसाईं, मेसु डा. रामचन्द्र सापकोटाको आतिथ्यता रहेको थियो ।