बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडानम्बर १८ स्थित ठुलोदमारमा स्थापित हर्नामाडी स्वरोजगार महिला गार्मेण्टमा  महिलाह दिदीबहिनीहरु स्वरोजगार बनिरहेका छन् ।

सोही स्थानका स्थानिए महिला दिदी बहिनिहरुमा महिलाको पोशाक सिलाउने क्षमता भएतापनि कलात्मक ढङ्गल पुरुषको कपडा पोशाकहरु समेत गार्मेण्टमा सिलाएर भने जसरी दैनीकी चलाइरहेकाका छन् ।

उनिहरुले पुरुषको कपडा सर्ट पाइन्ट दौरा, सुरुवाल लगायतका पोशाक सिलाएर आफ्नो सीप प्रर्दशन गर्ने मात्र होइन आयस्रोतको बाटो समेत आफै खोलेका हुन् ।

 

गार्मेण्टमा करिब १६ जना महिला दिदीबहिनीहरु स्वरोजगार बनेका छन् ।

साविकको हर्नामाडीका सबै वडाहरु मिलेर बनेको कुल क्षेत्रफल ३३.३६ वर्ग किलोमिटर रहेको वडा भित्र गुम्बाडाँडा, गोरक्ष ताल जस्ता पर्यटकीय स्थलहरु रहेका ग्रामिण स्तरको बस्तीका दिदीबहिनीहर नै पुरुषका पोशाक सिलाउन सिपालु भएका हुन्।
हेटौंडा उपमहानगरको मेयर मीना कुमारी लामाले २०८० असार १८ गते हेटौंडा–५ र हेटौंडा–१८ मा एकैदिनमा एकसाथ गार्मेण्टको उद्धघाटन गरेकी थिइन् ।

गार्मेण्ट सञ्चालनमा झण्डै १६ जनाको समुह रहेका छन् ।

मुख्य नेतृत्वकालागि मुल सञ्चालक समितीकोको जिम्मेवारीमा ७ जना महिला दिदीबहिनीहरु छन् ।

समितीकोको अध्यक्षमा मनु भुजेल, उपाध्यक्षमा मैया श्रेष्ठ, सचिवमा पार्वती सेढाईर कोषध्यक्षमा कुशुम थामी छन् ।
त्यस्तैगरि सदस्यहरुमा तेजकुमारी बुढाथोकी, वसन्ती थिङ्ग र हिरा पहाडी खतिवडा छन् ।

हेटौंडा उपमहानर र वडा नम्बर १८ वडा कार्यलयले सहयोग गरेर अधिक चासो दिएपछी आफुहरु सक्रिय भएर काम गरिरहेको कोषाध्यक्ष कुशुम थामी बताउछिन् ।

महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउनेमा  वडा नम्बर १८ – अध्यक्ष अनिल बानियाँ अतिनै सक्रिय रहेर अघि सर्ने गरेको कोषाध्यक्ष थामीले बताइन् ।
गार्मेणमा थप महिला दिदीबहिनीहरुलाई सिप प्रदान गराउने चाहाना भएतापनि मेसिनको अभावले गर्दा नसकिएको अवस्थामा वडाकार्याले सहयोगको पहल गर्ने प्रतिवद्धता जनाएको थामीले बताइन् ।

समाचारसंगको कुराकानीमा बोल्दै समितीको अध्यक्ष मनु भुजेलले पुरुषहरुको पोशाक पनि सिलाउन सक्नेगरी आभारभूत सिलाईकटाई तालिम दिएर स्वरोजगार बनाइएको बताइन् ।

अध्यक्ष मनु भन्छिन् “हामीलाई उपमहानगर वडाको सहयोग छ । कामगर्न सकेका छौं । पुरुषकोलागी पनि भने जस्तो पोशाक सिलाउने क्षमता हाम्रो महिला दिदीबहिनीमा छ । यसलाई बजारीकरण गर्न र हामीलाई काम दिएर थप हौसला प्रदान गरिदिनु ।”