हेटौंडामा आगामी असोज १३ गते हुने मिस्टर मकवानपुर प्रतियोगितको तयारी पुरा भएको छ ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा हुने मिस्टर मकवानपुर २०८० असोज १३ गते हुने भएको हो ।

सहभागी हुन चाहने ईच्छुक खेलाडीहरुका लागि फारम खुल्ला गरीएको हो भने असोज १० गते भित्र फारम भर्नेहरु प्रतियोगिताको लागि तयारी रहेको महासंघ मकवानपुरका अध्यक्ष राजेश भेटवालले बताए ।

मकवानपुरको स्थायीबासी प्रमाण भएकाहरुलाई बसोबासको नागरिकता अन्य जिल्लाको भएका खण्डमा बसाईसरी आएको प्रमाणपत्र वा हाल बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट घर नम्बर वा जग्गाकित्ता नम्बर सहितको सिफारिस पत्र भएकाहरुलाई सहभागी फारम भराइएको लगभग ५० जना भन्दा अधिकले प्रतियोगिताका लागि फरम भरेको बताए ।

प्रतियोगितामा महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन, युवाहरुलाई शारिरिक सुगठन र स्वास्थ्य तर्फ सचेत गराउन तथा भेट्रान्सहरुलाई शारिरिक सुगठन अनि स्वास्थ्य प्रति सचेत र प्रतिवद्ध बनाउन महासंघ मकवानपुरले कार्यक्रम आयोजना गरेको अध्यक्ष भेटवालले बताएका हुन् ।

महासंघका उपाध्यक्ष सुनील लोप्चनको संयोजनमा तय गरिएको प्रतियोगितामा मिस्टर मकवानपुर,वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप, मिस्टर मकवानपुर भेट्रान्स गरी तीन विधाका खेलहरुमा प्रतिस्पर्धा हुने अध्यक्ष भेटवालले बताए ।

अध्यक्ष भेटवालले बताए अनुसार गराउन हरेक वर्ष प्रतियोगीता आयोजना गराउने र राष्ट्रिय निर्णायकहरुबाट निर्णय हुने त्यसमा पनि क्लबलाई जिल्लाकै अनुशासित एवम उत्कृष्ठ शारिरिक सुगठन केन्द्र घोषणा गर्ने र नगद सहित सम्मान गरीने कार्यक्रम रहेको बताए ।

मिस्टर मकवानपुर विधामा ५५,६०,६५,७०,७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सुनील लोप्चनले बताए ।

लोप्चनले बताए अनुसार महिला खेलाडीहरुलाई शारिरिक सुगठन तर्फ आर्कषण गराउन वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप विधा अन्तरगत खुल्ला तौल समुहमा प्रतिस्पर्धा गराईने छ ।

त्यस्तैगरि मिस्टर मकवानपुर भेट्रान्स विधा अन्तरगत पनि खुल्ला तौल समुहमा प्रतिस्पर्धा गराईने संयोजक लोप्चनले बताए ।

प्रत्येक तौल समूहको विजेतालाई १० हजार प्रदान गरिने छ । त्यस्तै, मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने बताए ।

पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने छ ।

असोज १३ गते हेटौंडा २ स्थित पल्पसा सभाहलमा अपरान्ह ४ बजे देखी मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित हुने छ । दर्शकहरुका लागी प्रवेश निःशुल्क व्यवस्था रहेको आयोजकले जनाएको छ ।