


बागमती प्रदेशको हेटौंडा उपमहानगर ४ मा गएको असार १८गते कृषि बजार खुलेपछि बिभिन्न सामाग्री पाइने भएको छ ।
कृषि बजारमा सबै किसिमका खाद्यन्न लगायतका सामाग्रीहरुमा दैनिक उपभोग गरिने स्वच्छ तथा ताजा तरकारी,फलफुल ,दुध , दहि त्यस्तै, मासु समेत पाइने गरि खुलेको हो ।
हेटौंडाका स्थानीयलाई मध्यनजर गर्दै व्यस्थित सवारी पार्किङ्ग सुबिधा सहित सबै सामाग्री एकैठाउँमा उपलब्ध गराउने उदेश्य सहित सञ्चालनमा आएको हो ।
सबै किसिमका खाद्यन्न लगायतका सामाग्री पाइने व्यवस्था सहितको त्रिबेणी भेजिटेबल मार्ट प्रा. लि.द्वारा संचालित हेटौंडा कृषि बजारको हेटौंडा उपमहानगर मेयर मिना कुमारी लामाद्धारा उद्धघाटन गरिएको हो ।
आर्थिक मन्दीको मार रहेपनि वैदेशिक रोजगारको सपना पर सारेर चुनौतीको सामना गर्दै संचालन गरिएको राजिव गोले बताउछन् ।
वजारलाई चलायमान गराउन स्थानिय सरकारको अहमु भूमिका र उपमहानगरबासीको साथ अतिनै जरुरी रहेको बताए ।
उनले बताए अनुसार १५० वटा स्टलहरु रहेको यस कृषि बजारमा व्यवसाय गर्न चाहानेहरुको लागि केहि स्टल बाँकी रहेको समेत जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्