दुर्गा प्रसाइको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको मकवानपुर जिल्ला सचिवालयका अध्यक्ष भिम बहादुर राउतले बिभिन्न बैंक र लघुबित्तहरुले गरेको गलत कार्यको बिरोधमा उत्रिने बताएका छन् ।

बिभिन्न विषय र भनाईले चर्चा बटुलेका दुर्गा प्रसाइको नेतृत्व रहेको महाअभियान मार्फत बैंकहरु र लघुबित्तले गरेका लगानी अनि असुलीका नाममा गरेको ज्यादती र घरघरमा प्रवेस गरेर नागरिकलाई घरै छाडेर जान गरिने कर्मचारीको प्रस्तुतीका बिरोधमा उत्रने अभियान रहेको बताएका हुन् ।

लगानी गरेको रकम तिने समय नदिइनु, व्याज बढाइनु लगायतलाई रोक्न हाफुहरु महाअभियान मार्फत अघि सरिएको बताएका हुन् ।

उनले दुर्गा प्रसाइको नेतृत्वमा सक्रिएर रहेर काम गरिने र मकवानपुरेहरुको समेत सर्मथन रहेको बताए ।

जिल्ला सचिवालयको कार्यलय स्थपना गरिएसंगै नगर कमिटी समेत गठन गरिएको बताएका छन् ।

जिल्लाको उपाध्यक्ष प्रथम, द्वितय कृष्ण बहादुर तामङ्ग, तृितय सिमानी प्रजा, सचिव दिल कुमार लामा, सह सचिव बच्चुराम राई,
कोषाध्यक्षमा गोपी खड्का, सह कोषाध्यक्ष राजी पाठक रहेका छन् ।

त्यस्तै गरि सदस्यहरु विष्णु सेढाइ, हेम बहादुर थापा सोवर्ण लाल मुक्त्तन र राजकुमार ओझा रहेका छन् ।

रमेश ठकुरीको संयोजकत्वमा नगर कमिटी गठन भएको छ ।

उप संयोजक सुवाश पोख्रेल, सचिव दिपेश ढुङाना र कोषाध्यक्ष सर्कलाल मोक्त्तान रहेका छन् ।