


जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध मदिारासहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको डीएल २ सीएके १३९० र डीएल २ सीएके ७२७३ नम्बरको भारतीय कारलाई शंका लागि हेटौंडा–१५स्थित रातोमाटेमा चेकजाँच गर्नेक्रममा ८५५ बोतल विभिन्न ब्राण्डका मदिरासहित भन्सार छली ल्याइएको आरोपमा ५जना भारतीय नागरिक पक्राउ परेका हुन् ।
पर्नेहरुमा भारतको पश्चिमी दिल्ली बस्ने २७ वर्षका विक्की, २५ वर्षका राहुल, २८ वर्षका कुनाल, ३१ वर्षका नहिम र ३७ वर्षका राजु रहेका जिल्ला प्रहरी मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
डिएसपी भण्डारीले जानकारी दिए अनुसार असोज ५ र ६ गते २ वटा कारमा फल्स बटम बनाएर मदिरा ल्याएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
उनिहरुको साथबाट भन्सार छलेर ल्याइएका रोयल ग्रीन ह्विस्की ३७५ एमएलका ७१५ बोतल र १८० एमएलका १४० बोतल बरामद भएको छ।
बरामद मदिरासहित कार र पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको हो ।
……………………..
प्रतिक्रिया दिनुहोस्