बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका-४ मा “डिलक्स युनिसेक्स”  शैलुन तथा पार्लरले शुक्रबारदेखी सेवा सुरु गरेको छ ।

वडा नम्बर–४ अजरअम्बरोड स्थित सिता कम्पलेक्समा सुविधा सम्पन्न शैलुन तथा पार्लरले सेवा सुरु गरेको होे ।

एकैपटक ८ जनाले कपाल तथा दारी काट्न मिल्ने र ब्युटीपार्ललमा पनि एकै पटक ३ जनालाई राखेर सुन्दर बनाउन सकिने गरि सञ्चालित भएको हो ।

हेटौंडामै रहेर फरक किसिमको सेवाका साथ करिब ६० लाख लागतमा सञ्चालन गरिएको शैलुन तथा पार्ललमा १२ जना दक्ष जनशक्तीबाट सेवा प्रदान गरिने र नमुना शैलुन तथा पार्लर का रुपमा परिचय बन्ने सञ्चालक हरि चौलागाईंले बताए ।

कपाल काट्ने क्षेत्रमा २० वर्षदेखि कामको अनुभव लिएका सिनियर हेयर स्टाइलिस राजेश ठाकुर, भारतको नयाँ दिल्लीबाट आउनु भएकी व्युटीपार्लरको अनुभवी बन्दना सिंह लगायत द्धारा सेवा दिइने बताएका हुन् ।

उनले बताए अनुसार शैलुन तथा पार्ललमा स्पेन तथा पेरीसका सामानहरु प्रयोग गरेर फरक तरिकाले कपाल कानिे दारी काट्ने, कपालमा कलर गर्ने  कार्यको ठाकुरको नेतृत्व रहने छ ।

त्यसैगरी व्युटीपार्ललमा बन्दना सिंहले व्युटीसियनको काम गर्ने छिन् ।

यसै विच एकै स्थानमा कपाल, दारी काट्ने, कपाल कलर गर्ने, ब्युटी पार्लर लगायतका सबै सेवा दिने गरि सञ्चालनमा ल्यायइएको मा सेवा लिइरहेका सेवाग्राहीहरुले समेत खुसी व्यक्त गरे ।

पैसा कमाउने मात्र नभएर आफ्नै ठाउँमा सेवा दिने गरी काम गर्न लागिएको र एड्भान्स मेसिनको प्रयोग गरेर छालाको गुणस्तर र सुन्दरतामा ध्यान दिइने सुभद्रा हुमागाईंले बताइन् ।

 

सुभद्रा भन्छिन् “हामीले सेवा सुरु गरेका छौं । मेरो श्रीमानले यसलाई सञ्चालनमा ल्याउनुभयो । म सपोटर हुँ । याहाँ आउनुहुने सेवाग्राहीहरुले अन्यत्र भन्दा फरक र गुणस्तरिय सेवा पाउनेमा हामी विश्वस्त छौं । सबैजनालाई सेवा लिन आउनुहन आग्रह पनि छ र आउनुहुने छ भन्ने विश्वास छ ।”