उच्च अदालात पाटन (हेटौंडा इजलास) का न्यायाधीश अब्दुल अजिज मुसलमानले नेपाल साइबर कानून तथा अदालती अभ्यासमा सक्रिय रहेर काम गर्नु पर्ने बताएका छन् ।
नेपालको संविधान दिवस ( राष्ट्रिय दिवस) को अवसरमा नेपाल साइबर कानून तथा अदालती अभ्यास सम्बन्धी एक दिवसिय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
अहिलेको प्रविधि र नेटर्वक क्राइम सम्बन्धी सचेत रहन पर्ने अवस्था रहेसंगै डाटा कन्ट्रोल अन्यत्र रहेकाले निकै सचेत आवाश्यक रहेको न्ययधिश मुसलमानले बताए ।
उच्च अदालत बार एशोसिएशन हेटौडा र जिल्ला अदालत बार एशोसिएशन मकवानपुरको आयोजनामा बुधाबार गरिएको अभिमुखीकरणलाई अधिवक्ता बाबुराम अर्यालले सहजीकरण गरेका थिए।
बुधाबार जिल्ला समन्वय समितिको सभाहलमा गरिएको अभिमुखीकरणमा अहिले प्रविधि नेटवर्कको पहुच र सोबाट सञ्चालित सामाग्रीहरुको फाइदा र त्यसबाट हुन सक्ने अपराध संविधानमा कानूनले दिएको अधिकार र रोक्न सकिने बारे जानकारी गराइएको हो ।
उच्च अदालत बार एशोसिएशनका उपाध्क्ष तथा उपाध्यक्ष तथा का.वा. अध्यक्ष हरि प्रसाद भट्टको सभाध्यक्षता न्ययधिश अब्दुल अजिज मुसलमानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उच्च अदालत बार एशोसिएशनका उपाध्यक्ष तथा तथा का.वा. अध्यक्ष हरि प्रसाद भट्टको सभाध्यक्षता उच्च अदालात पाटन (हेटौंडा इजलास) न्ययधिश अब्दुल अजिज मुसलमानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
मुख्य न्यायधिवक्ता ज्ञानेन्द्र नेपाल, जिल्ला अदालत न्यायाधीश राजेन्द्र अधिकारी, श्री प्रसाद सञ्जेल जिल्लाअदालत बार एकाई अध्यक्ष अप्सरा बस्नेतको विशिष्ठ आतिथ्यता रहेको थियो ।
जिल्ला बारका सचिव कृष्ण प्रसाद छत्कुलीले कार्यक्रम सञ्चालन गरेका हुन भने कार्यक्रममा अधिवक्ता कानूनसंग सरोकार भएका बिभिन्न व्यक्तीत्वहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्