नेपाल शिक्षक महासंघको आन्दोलनलाई महासंघ आवद्ध शिक्षक सङ्गठन मकवानपुर  नेपाल शिक्षक महासंघ आवद्ध संस्थाहरुले सर्मथन गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै महासंघको काठमाण्डौ केन्द्रीत आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन अपिल गरेको जानकारी गराइएको हो ।

नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय मातहतका निकायहरुले आयोजना गरेका शिक्षा सम्बन्धि सम्पूर्ण औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु वहिस्कार गर्ने र आगामीअसोज ३ गतेबाट आन्दोलनमा उत्रने बताइएको हो ।

यसकालागी सम्पूर्ण विद्यालय बन्द गरी असोज २ गते नै काठमाण्डौ पुगेर सहजीकरण गर्न मकवानपुर जिल्लास्थित सम्पुर्ण विद्यालयका प्रधानाध्यापकहरुलाई अनुरोध गर्ने जानकारी गराइएको हो ।

cnt ने.शि.म.
नेपाल शिक्षक महासंघ
मकवानपुरका आवद्ध सम्बद्धसंस्थाहरुको
संयुक्त अपिल

जिधराज ढकाल अध्यक्ष नेपाल शिक्षक महासंघ
बद्री प्र. गौतम उपाध्यक्ष प्र. ने.रा.शि. संगठन
राजु गौतम सचिव नेपाल शिक्षक महासंघ
जिवन तिमल्सिना अध्यक्ष ने.रा.शि. समिति
श्रीराम दहाल अध्यक्ष ने.रा.शि. संगठन
प्रल्हाद सापकोटा सचिव
हिस्टन मकवानपुर गणेश प्र. हुमागाई
अध्यक्ष ने. शि. संघ वसन्त राई अध्यक्ष ए.अ.ने. शि. संगठन
रामसरण रिजाल अध्यक्ष संस्थागत वि.शि.यु.
जिल्ला कार्य / समन्वय समिति मकवानपुर

हार्दिक अपिल तथा आव्हान ।
सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुको छाता संगठन नेपाल शिक्षक महासंघले विगतदेखि नै पेशागत हकहित, ट्रेडयुनियन अधिकारको सुनिश्चितता र शैक्षिक सुधारकालागि सरकारसँग विभिन्न समयमा संझौताहरु गरेको सर्वविदितै छ ।

पञ्चायतकालीन शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्ने गरी शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्ने विधेयक २०८० नेपाल सरकार मन्त्रीपरिषद्ले अनुमोदन गरी संसद सचिवालयमा आधिकारिक रुपले दर्ता भएको छ ।

उक्त प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० का प्रावधानहरु एकातिर नेपाल सरकारले शिक्षक महासंघसँग स्थायी अस्थायी, करार, राहत, साविक उमाबि, शिक्षण सिकाइ अनुदान, वालविकास सहजकर्ताी, प्राविधिकधार, संस्थागत विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरुको पेशागत सुनिश्चितता सम्बन्धि संझौताहरु विरुद्ध छ भने अर्का तिर यसले संविधान प्रदत्त ट्रेडयुनियन अधिकार हरण गरेको छ ।

प्रस्तावित विधेयकमा अस्वाभाविक प्रावधानहरु राखी शिक्षकहरुको आत्मसम्मानमा ठेस पुऱ्याउने काम गरेको छ साथै विद्यालय शिक्षाको असीमित अधिकार स्थानीय तहमा हस्तान्तरण गरी निरंकुशताको मलजल गर्दै विद्यालयीय शिक्षालाई ध्वस्त र अन्योल पार्ने प्रयास गरिएको छ ।

जसले विद्यालय शिक्षामा सरोकारवालाहरुवीच चरम द्वन्द सृजना गरी अराजक स्थिति सृजना हुने देखिन्छ ।

यस सन्दर्भमा प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० का प्रावधानहरुप्रति गम्भिर असहमति जनाई नेपाल शिक्षक महासंघले मिति २०८० साल असोज ३ गतेबाट अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गरी काठमाण्डौ केन्द्रीत दोस्रो चरणको आन्दोलनको घोषणा भएको छ ।

मकवानपुर जिल्लामा समेत नेपाल शिक्षक महासंघका घटक संस्थाहरुबाट गठित आन्दोलन परिचालन समितिको मिति २०८०/०५/२९ गतेको बैठक अनुसार नेपाल शिक्षक महासंघको घोषित आन्दोलनमा जिल्लाबाट सक्रिय सहभागिता जनाउने निर्णय भएको छ ।

यस सन्दर्भमा नेपाल शिक्षक महासंघको काठमाण्डौ केन्द्रीत आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन तपसील अनुसार गर्न गराउन सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारी ज्युहरुमा आव्हान गरिन्छ, साथै शिक्षामा निरङकुशता भित्र्याउने शिक्षा विधेयक २०८० को संशोधनका लागि सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी राजनैतिक दलहरु, स्थानीय तहतथा आम समुदायमा सहयोगका लागि हार्दिक अपिल छ ।

तपसील
१. नेपाल शिक्षक महासंघको आव्हान वमोजिम आजैबाट नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय मातहतका निकायहरुले आयोजना गरेका शिक्षा सम्बन्धि सम्पूर्ण औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु वहिस्कार गर्ने ।

२. मिति २०८० असोज ३ गतेबाट नेपाल शिक्षक महासंघको आयोजनामा हुने काठमाण्डौ केन्द्रीत आन्दोलनमा सहभागी हुन सम्पूर्ण विद्यालय बन्द गरी असोज २ गते नै काठमाण्डौ पुगी असोज ३ गतेबाट सम्पूर्ण शिक्षकहरु विरोध प्रदर्शनमा सहभागी हुने र यसमा सहजीकरण गर्न मकवानपुर जिल्लास्थित सम्पुर्ण विद्यालयका प्रधानाध्यापकहरुलाई अनुरोध गर्ने ।