मनहरी गाउँपालिकाको कार्यालयले शनिवार आयोजना गरेकोपत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुमाथि भएको दुर्व्यवहार प्रति प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति मकवानपुरको गम्भिर ध्यानाकर्षण भएको छ ।
अध्यक्ष अञ्जली थापाद्धारा हस्ताक्षर विज्ञप्ती जारी गर्दै प्रेस सेन्टरले ध्यानाकर्षण गराएको हो ।

…………………………………………………………………………………………………

मकवानपुरको मनहरी गाउँपालिकाले नदिजन्य पदार्थको उत्खनन् तथा विक्री वितरण गर्दा करोडौँ रकम अनियमिता गरेको पाइयो भन्दै शुक्रबार अखबारहव डटकमले समाचार प्रकाशन गर्यो ।

जिल्ला अनुगमन समिति मकवानपुरको निर्णयलाई व्यवस्था गर्दै मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पालिकाको करिब १६ करोड ३६ लाख राजस्व हिनामिना गरेको पाइएको हो भन्दै प्रकाशित समचारले तरंग ल्याएपछि पत्रकार सम्मेलनको सूचना आयो ।

प्रकाशित गरेको समाचारप्रती आपत्ती जनाउदै जानकारी गराइने भन्दै शनिबार मनहरी ३ स्थित लामिटारमा पालिकाले आयोजना गरेको सम्मेलनमा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले उक्त समाचार बारे बताउने भन्दै पत्रकारहरु बोलाए ।

उक्त सम्मेलनमा पत्रकारहरु पुगेका थिए ।

पत्रकार सम्मेलनमा सयौको संख्यामा बिभिन्न युवाहरुको भिड देखिएपछि असुरक्षा महसुसका कारण पत्रकारहरु निस्कने प्रयास गर्दा गेटै बन्द गरेर पत्रकारहरुलाई बन्धक बनाए ।

सहभागी  पत्रकारले सुरक्षा निकायलाई जानकारी गराएर प्रहरीको सुरक्षाका बिच पत्रकार सम्मेलनको सुरु भएको थियो ।
पत्रकारहरुलाई असुरक्षाको अवस्था सृजना भएपछी जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी पुगेर सुरक्षा दिइएका थिए।

यता पालिका अध्यक्ष कालाखेतीले भने पत्रकार सम्मेलन गर्ने सूचना आफ्नो अफिसियल पेजमा राखेकै कारण युवाहरु कार्यक्रम स्थलमा आएको बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष कालाखेती, ८ नम्बर वडाध्यक्ष नारायण उप्रेती, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, वरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराई, जिन्सीशाखा प्रमुख डिल्लीराम रेग्मी १ नम्बर वडाध्यक्ष शिवप्रसाद खनाल, ३ नम्बर वडाध्यक्ष अनन्तप्रकाश अर्याल, ४ नम्बर वडाध्यक्ष प्रकाश थापा, ५ नम्बर वडाध्यक्ष दीपेन्द्र अधिकारी, ७ नम्बर वडाध्यक्ष ठाकुरराम तितुङ लगायत कार्यपालिका सदस्य र कर्मचारीहरुको उपस्थिति थियो ।

…………………………………

प्रेस बिज्ञप्ती
मनहरी गाउँपालिकाको कार्यालयले मिति २०८० भाद्र ३० गते शीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुमाथि भएको दुर्व्यवहार प्रति प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति मकवानपुरको गम्भिर ध्यानाकर्षण भएको छ ।
स्थानीय सरकार जस्तो जिम्मेवार निकायले गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुलाई निमन्त्रणा गरेर सम्मेलन स्थलमा गैरपत्रकारहरु उपस्थित गराई पत्रकारहरुलाई नियन्त्रणमा लिने, बन्धक बनाउने उद्देश्यले अमानबीय ब्यवहार गरी स्वतन्त्र प्रेस माथि धावा बोल्ने लगायतका ब्यवहार गर्नुले आम मकवानपुरे पत्रकारितामा त्रासको अवस्था सृजना भएको छ । स्थानीय सरकार गाउँपालिका आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरु असुरक्षित हुँदा समेत पालिकाका जनप्रतिनिधिहरु माझ पत्रकारहरुको सुरक्षित हुन नसक्नु अत्यन्तै गैर जिम्मेवार घटना भएको प्रेस सेन्टर नेपाल मकवानपुरको ठहर छ ।
पालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार असुरक्षित भएर पत्रकारले नै प्रहरी प्रशासनसमक्ष सुरक्षा माग्नुपर्ने अवस्था सृजना हुनु जत्तिको लज्जास्पद अवस्था देखिनु प्रेस स्वतन्त्रताको उपहास भएको छ ।
मनहरी गाउँपालिका आफैले पत्रकारहरुलाई बोलाएर पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारहरुमाथि दुर्व्यवहार गर्ने, मानसिक तनाव दिने र प्रेस स्वतन्त्रतामाथि नै धावा बोल्ने काम गरेकामा प्रेस सेन्टर नेपाल, मकवानपुर घोर भर्त्सना गर्दछ । साथै प्रेस स्वतन्त्रतामाथिको जुनसुकै प्रकारका हस्क्षेपको प्रतिकारमा यस संगठन सधै उभिने दृढ संकल्प यसै बिज्ञप्ती मार्फत जानकारी गराउँदछ ।

अञ्जली थापा

अध्यक्ष

प्रेस सेन्टर मकवानपुर