हेटौंडा उपमहानगरपालिका १२ सिक्रेनीका ४१ वर्षीय राजेश प्रधानको मृत्यु भएको घटना अहिले देशव्यापी चासो बनिरहेको छ ।

गत बुधबार हेटौंडा –१ सन्चो अस्पतालका डां. विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।

प्रधानको मृत्यु भएको घटनामा अस्पताल पक्षको गल्तीले पिडित बनाएको भन्दै करिब एक महिनापछि बुधबार मृतकको परिवार सहितका समुहले २ जना डाक्टरलाई कुटपिट गरे ।

सोही घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सक सहित स्वास्थकर्मिले सामुहिक राजीनामा दिएर दोषिलाई पक्राउ गर्नुपर्ने माग राख्दै आन्दोलनको नाममा हेटौँडा अस्पतालमा आकस्मिक वाहेकका सम्पूर्ण सेवाहरु ठप्प परेका छन् ।

हेटौंडा अस्पतालमा दैनिकी २ हजार बिरामीले ओपीडीबाट सेवा लिदै आएको अवस्था छ भने निजी अस्पतालहरुबाट पनि त्यतीकै सेवा लिदै आएका छन्। अन्य सेवा बन्द भएपछी बिरामीहरु मर्कामा परेका छन् ।

नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक अस्पतालमा उपचार गर्ने स्वास्थ्यकर्मीलाई विरामीको मृत्युको भएको घटनालाई दोष दिदै अस्पतालभित्रै कुटपिट हुँदा समेत प्रहरी प्रशासनले केही नगर्ने भएपछि सुरक्षित नभएको अनुभूत भएको र आपत्कालीन बाहेकका स्वास्थ्य सेवा दिन नसक्ने अवस्थामा परेको  स्वास्थ्यकर्मीहरुले बताईरहेका छन् ।

यसै घटनाको विषयमा नेपाल चिकित्सक संघले दवाव सृजना गरेपछि बिभिन्न दवावका कारण नै शुक्रबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको उपचार ठप्प  भएपछि  मारमा परेका हुन् ।

सेवामा खटिने डाक्टर कुटिनु हुदैन थियो तर, कुटिए गलत भयो । यो खेद जनक छ । यसको कारण सम्म पुगेर गलतलाई कार्वाही होस् । सेवामा प्रतिवद्धता जनाउदै कसैको जिवन रक्षाको जिम्मा लिएकाहरुको अराजकताले पारेको संकटको जिम्मेवारी कसको हुन्छ? सेवाग्राहीको गुनसो र प्रश्न छ। यो समस्या समाधानको बाटो बन्ला?

घटना :
गएको साउन २२ मा हेटौंडा १२ स्थित पदमखोपरीका ४१ वर्षीय राजेश प्रधानलाई थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिदिए । त्यसको दुई दिनपछि प्रधानको मृत्यु भएको हो ।

उपचारमा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै मृतकका परिवारले चिकित्सकमाथि एक महिनापछिको कुटपटि घटनाप्रति चिकित्सक संघले विज्ञप्ती सहितआपत्ति जनायो ।

घटनाकम संलग्न भएको आरोपमा अनुप प्रधान, रोहित प्रधान, रमा प्रधान र रमिता प्रधान चार जनालाई प्रहरीले बिहीबार नै पक्राउ गर्यो ।

यसै विच मृतक प्रधानका भाई  रबिन प्रधानले सञ्चो अस्पतालको लापारबाहीका कारण दाजूलाई गुमाउन परेको आरोप लगाएका छन् ।

समयमा रेफर गरिदिएको भए बेलैमा ठाउँमा पु¥याउन पाइन्थ्यो तर,  अवस्था क्रिटिकल छ भनेर थाहा भइसकेपनि ठिक पर्ने भन्दै डाक्टरले दिएको आश्वसानका कारण  दाजु गुमाउनु परेको मृतकको भाई बताउँछन् ।

काजकिरिया सकिएको भोलीपल्टै बीमाको लागि हस्पिटलको कागज चहिने भएकाले  लिन गएको र दाइको रगत ननिकालेको दिनको रिपोर्ट दिएको मृतकको भाईको भनाइ छ ।

२१ र २२ गतेको रिपोर्टमा डेंगी नेगेटिभ २३ गते बिहानै चितवन लगेको र सो दिन रगत ननिकालेको र , अरु कुनै परीक्षण पनि गरिएको थिएन ।

रगतै ननिकालेको दिनको रिपोर्ट कसरी बन्यो ? भन्ने प्रश्न भएको बताए ।

हस्पिटलबाट रकम लिएर कुरा मिलाएछ भन्ने हल्ला बजारमा फैलिएपछि बिभिन्न प्रश्नको जवाफ माग्न र व्यवस्थापन पक्षसँग कुरा गर्न पुग्दा पिडा र आवेगमा हातपात भएको उनको भनाई छ ।

भन्छन् “मानसिक रुपमै विक्षिप्त भएर घटेको घटनालाई गुण्डागर्दी बनाइनु अनि हाम्रो मुद्दालाई वास्ता नगर्नु । हाम्रो मान्छे गुमेको छ । उल्टै हाम्रो मान्छेलाई ल्याएर थुनेर हामी पीडितलाई पीडित बनाइयो । अस्पताल पक्ष र स्वास्थ्यकर्मीको पक्षमा मात्रै बोलिने? किन यसरी कुटपिट सम्म पुगियो भनेर नसेध्ने? हामी पीडित हौं । पीडक होइनौँ। एउटा गल्ति हाम्रो पक्षबाट भएको हो, डाक्टरलाई पिट्न नहुने थियो ।के हाम्रो पक्षमा न्याय हुदैन? ”

………….

 

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर विभिन्न २५ अत्यावश्यक सेवा नागरिकसँग जोडिएका संवेदनशीलता भएकाले कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न सरकारले निषेध गरेको छ ।

यसैमध्य अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, एम्बुलेन्स जस्ता सेवा, औषधी निर्माण पनि पर्छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी क्षेत्रसमेत तोकेर हड्ताल गर्न नपाउने आदेश जारी गरेपनि यसको उल्लंघन गर्दै दुई चिकित्सक बिरामीका आफन्तबाट कुटिएको घटनामा देशभरका अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

डाक्टर कुटिएको घटना खेदजनक भन्दै छन् तर,  अस्पतालमा आकस्मिक वाहेकका सम्पूर्ण सेवाहरु ठप्प पार्नु पनि गल्ती हो भन्ने तर्फ ध्यान जान सकेको छैन ।

संघले कुटपिट गर्नेलाई तत्काल कारवाही गर्न त भनेको नै थियो, विषयको अनुसन्धान अघि बढाउने निश्चित समय हुदाहुदै अल्टिमेटम दिँदै सेवा बन्द गरेपछि उपचार गर्न आउनेहरु स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको छ ।

चिकित्सक कुटिनु दुखद घटना भएुसंगै कारवाही गरिपाउँ भन्ने बाहानामा लाखौँ बिरामीलाई सेवाबाट बञ्चित बनाउने चिकित्सक र मातहतको संघले गरेको यो कार्यलाई के भन्ने, जिम्मा कसले लिने? धेरैको प्रश्न बनेको छ ।

अस्पतल पक्षबाट भएको गलत होस या चिकित्सक र स्वास्थ्यकर्मी माथिको दुव्र्यवहार, अस्पताल तोडफोड र पैसाको मोलमोलाई, हुलदंगामा उत्रिने जोकोहीलाई पनि कानुनी कार्वाहीमा ल्याउनु पर्छ । यो गम्भिर विषय बनेको छ ।