बगमती प्रदेशको राधानी हेटौंडा उपमहानगरपालिकामा आत्महत्या रिपोर्टिङ्ग सम्बन्धी पत्रकार कार्यशाला गोष्ठीको आयोजना गरिएको छ।

स्वास्थ्य तथा जनसन्ख्या मत्रालय रास्ट्रीय स्वास्थ्य शिक्षा सुचना तथा सन्चार केन्द्रको आयोजनामा बागमती प्रदेशका र मकवानपुर सहित गरी ५० जना भन्दा बढी पत्रकारहरुको सहभागितामा एक दिवसीय कार्यशाला गोष्ठी मंगलबार सम्पन्न गरिएको हो ।

केन्द्रका निमित्त निर्देशक शीला श्रेष्ठको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री मसिना खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आत्महत्या दूरगामी सामाजिक, भावनात्मक र आर्थिक दुष्परिणाम निम्त्याउने एक प्रमुख जनस्वास्थ्य समस्या भएको उल्लेख गर्दै संचारमाध्यममा प्रशकासन र प्रसारण गरिदा पत्रकारहरुले गर्नुपर्ने भूमिका बारेमा छलफल सहितको कार्यक्रम गरिएको हो ।

विश्वभरि वार्षिक रुपमा सरदर ७ लाख मानिसहरूको मृत्युको कारण आत्महत्या बनिरहेको अवस्थामा आत्महत्याबाट हुने प्रत्येक मृत्युबाट लगभग ६ जना मानिसहरूमा प्रत्यक्ष प्रभाव परेको आकलन गरिएको जनाइएको छ ।

आत्महत्या घटनाका विवरण प्रस्तुत सहित आत्महत्या घटनाको विषयमा समाचार सम्प्रेषण गर्दा पत्रकारले ख्याल गर्नुपर्ने कुरा र प्रयोग गर्नुपर्ने भाषाका विषयमा वृहत छलफल गर्दै आत्महत्या घटना समाचारलाई  प्राथमिकतामा नराख्न आग्रह गरिएको हो ।

नेपालमा हेर्नेहो भने करिव ७ हजार मानिसहरु आत्महत्याकै को कारण मृत्युके मुखमा पुगेका छन् भने यसलाई हेर्दा प्रति दिन करिव १९ जनाको मृत्यु भएको तथ्याङ्क  आफैमा अत्यन्त संवेदनशिल विषय भएकाले पनि आत्महत्यालाई प्रोत्साहन हुने ढङ्गले संचार माध्यमहरुमा यसको रिपोर्टिङ गर्न रोकिनुपर्ने बताइएको हो ।

समाचारहरु प्रस्तुत गर्दा जिम्मेवारीपूर्वक रिपोर्टिङ्ग गर्न जनमानसमा आत्महत्या र यसको रोकथामका बारेमा सही सूचना पुग्ने, आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई वैकल्पिक समाधानका उपाय अपनाउन प्रेरित गर्ने र आत्महत्याको बारेमा धेरै भन्दा धेरै खुलेर आशापूर्ण छलफल गर्न प्रोत्साहन गर्ने बारे कदम चलाइनुपर्ने बताइएको हो ।

स्वास्थ्य मन्त्रालयका निमित्त सचिव दीपक तिवारी, स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक महेश्वर श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीका प्रमुख सल्लाहकार विश्वरुप खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव ्देवकोटा लगायतले आत्महत्याका विषयमा जोडिएका विषयलाई केन्द्रित गर्दै आफ्ना भनाई राखेका थिए ।

बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री तथा कार्यक्रमको प्रमुख अतिथि मसिना खड्काले नकरात्मक सोचले आत्महत्या बढेको र स्थानीय सरकारले सचेतनाका लागि टोलटोलमा विभिन्न कार्यक्रम गर्नुपर्ने र विद्यालय र समूदायमा पुग्ने गरि आत्महत्याका घटनालाई प्राथमिकतामा नराखेर समाचार लेख्न आग्रह गरेकी छिन् ।

आत्महत्या सम्बन्धी समाचार प्रस्तुत गर्दा सञ्चार माध्यममा भ्युजको लागि आत्महत्याका प्रयासहरू होस या मृत्यु भइसकेपछिका घटना होस जस्ताको त्यस्तै शिर्षकमा समेत प्रष्ट पारेर प्रस्तुत गर्दा अझै सिकाइ बनेर आत्महत्याको जोखिम घटनाको संख्या क्रमसः थपरिहेकाले यसबारे ध्यान दिइनुपर्ने  निमित्त निर्देशक शीला श्रेष्ठले बताइन् ।

सञ्चार माध्यममा आत्महत्या सम्बन्धी पोर्टिङ्गमा आत्महत्याको भटना स्पष्ट रूपमा वर्णन गरिए आत्महत्याका बारेमा व्यापक सूचनाहरू पटक पटक प्रसारण र प्रकाशन गरिएकोले जोखिममा रहेका व्यक्तिहरूले यसैलाई सिखो गर्दै मृत्युवरण गरेको घटना प्रसस्त रहेको बताइन्।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका निपमत्त सचिव दीपक तिवारी, स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक महेश्वर श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीका प्रमुख सल्लाहकार विश्वरुप खड्का, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजार,राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रका इन्द्र बहादुर बानियाँ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव ्देवकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम,डब्लु एचएका प्रतिनिधिहरु लगायतकाृ आतिथ्यता रहेको थियो ।