बागमती प्रदेशको रजधानी हेटौंडा उपमहानगर भित्र चलिरहेका तिनपांग्रे सवारी अटो तथा ई रिक्साको पक्षमा गलत भएको भन्दै अटो व्यवसायको संयुक्त अटो यातायात प्रालिले ध्यानाकर्षण गराएको छ ।

संयुक्त अटो यातायात प्रा.लि. हेटौडाकां संयोजक विशाल राज महत सहितको निर्णयमा  तिनपांग्रे सवारी व्यवस्थापन समिति संयोज सविन न्यौपाने मार्फत जिल्ला प्रशासन कार्यालय मकवानपुर,यातायात व्यवस्था कार्यालय र जिल्ला ट्रफिक कार्यालयलाई  पत्र सहित ध्यानाकर्षण गराइएको हो ।

यातायात कम्पनी वा संघ दर्ता गर्दा पार्टीसँग आबद्ध भई पार्टीको दर्ता नं. प्रयोगगरी यातायात कम्पनी ऐन र सञ्चालन कार्यविधी विपरित काम गरिएको उल्लेख गर्दै सम्बन्धीत निकायहरुमा जानकारी गराउनका लागि संयुक्त हस्ताक्षर गरिएको पत्रसहित ध्यानाकर्षण गराइएको संयोजक महतले बताए ।

 

यातायात मजदुरहरुको हक हित विपरित कार्य गरेर पार्टीसँग सम्बद्द व्यक्तिहरुको मात्र हकहित र प्रतिनिधित्व गर्ने र अराजक गतिविधीलाई मात्र सर्मथन गरिएको जनाइएको छ ।

सोही कुरामा ध्यानाकार्षण गराई अवका दिनमा राजनीतिक दलसँग आवद्द भातृ संगठनहरुलाई कुनै पनि कार्यक्रममा सहभागी नगराउने निर्णय सहित अघि बढिने बताए ।

……………………

पत्रमा यस्तो लेखिएको छ ।।

संयुक्त अटो यातायात प्रा. लि. हेटौडा मकवानपुर

मिति २०८०/०५/१९ आज मिति २०८००५ १६ गतेका दिन हेटौडा उप-महानगरपालिका वडा नं. ४ स्थित गोल्डेन यातायात प्रा.लि. को कार्यालयमा संयुक्त अटो यातायात प्रा. लि. हेटौडाकां संयोजक विशाल राज महतको अध्यक्षतामा बैठक बसी निर्णायार्थ पेश भएका निम्न प्रस्तावहरुमाथी छलफलगरी निम्न निणर्यहरु पारित गरियो ।

तपशिल

1: अध्यक्ष सुधिर थापा (गोल्डेन यातायात प्रा.लि.)

2: अध्यक्ष राम कुमार अर्याल (मित्रभाव अटो यातायात क. प्रा. लि.)

3:अध्यक्ष विशालराज महत (तीन नम्बर प्रदेश यातायात प्रा.लि.)

4: अध्यक्ष कृष्ण रेग्मी (स्वरोजगार यातायात मजदुर हेटौडा प्रा.लि.)

5: अध्यक्ष प्रकाश वल (भूटन देवी मल्टिपर्पोज यातायात प्रा.लि.)

6: अध्यक्ष रोहन कोइराला (स्वरोजगार यातायात मदजुर मकवानपुर प्रा. लि.)

7: अध्यक्ष भिम खड्का (आओर ब्राइट फ्यूचर यातायात प्रा.लि.)

8:  अध्यक्ष सुदर्शन वजगाई (अटुट यातायात प्रा. लि. )

9:  अध्यक्ष सुष्मा थापा ( मकवानपुर यातायात प्रा. लि.)

10:  (नेपाल अटो ई-रिक्सा यातायात प्रा. लि.)

छलफल प्रस्तावहरु

१- प्र.नं.१-राजनीतिक दलका यातायात संगसम्बद भातृ संगठनहरुलाई समावेश नगर्ने सम्बन्धमा ।

२- प्र. नं २ – स्टिकर टाँस गर्ने कार्यलाई सहजिकरणका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने सम्बन्धमा ।

३- प्र.नं.३ विविध 

पारित गरिएका निर्णयहरु

प्र.नं.१ माथि छलफल गर्दा कुनै पनि यातायात कम्पनी वा संघ दर्ता गर्दा पार्टीसँग आबद्ध भई पार्टीको दर्ता नं. प्रयोगगरी यातायात कम्पनी ऐन र सञ्चालन कार्यविधी विपरित काम गर्ने गरेको पाइयो साथै त्यस्ता गतिविधिले समग्र यातायात मजदुरहरुको हक हित नगरी पार्टीसँग सम्बद्द व्यक्तिहरुको मात्र हकहित र प्रतिनिधित्व गर्ने र अराजक गतिविधीलाई ‘मात्र प्रसय दिने हुँदा अवका दिनमा राजनीतिक दलसँग आवद्द भातृ – संगठनहरुलाई कुनै पनि कार्यक्रममा सहभागी नगराउने निर्णय गर्दै सम्बन्धीत निकायहरुमा पनि सो को वारेमा जानकारी गराउने निर्णय गरियो ।

 प्रा.नं.२ माथि छलफल गर्दा अटो तथा ई-रिक्सामा स्टिकर टाँस कार्यलाई निरन्तरता दिनु र सहजिकरण गर्नु हामी यातायात प्रा. लि. हरुको पनि दायित्व हो र सो कार्यमा प्रतिबद्द पनि छौ । अटो तथा ई-रिक्साहरुलाई गत वर्ष स्टिकर वितरण गर्दा २०७६ पौष ७ गते भित्र बाटो ईजाजतपत्र प्राप्त गरेका भाडाका सवारी साधनलाई मात्र स्टिकर टास गर्ने निर्णय भए अनुसार स्टिकर टाँस गरिएका सम्पूर्ण अटो तथा मयूरीहरुलाई विना सर्त स्टिकर टाँस गर्ने व्यवस्था मिलाई शर्त पूरा गरेका तर स्टिकर टाँस नभएका भाडाका सवारी साधनका हकमा प्रकृया पूरागरी यथाशिघ्र स्टिकर टाँस गर्ने गराउने व्यवस्था मिलाइ दिनु हुँनका लागि सम्वन्धीत कार्यालयमा पत्राचार गर्ने निर्णय गरियो ।

साथै भाडाका ई-रिक्साहरुलाई स्टिकर टाँस गर्ने शन्दर्भमा २०७६ साल पौष ७ गते भित्र बाटो ईजाजत पत्र जारि भई सञ्चालनमा ल्याउने क्रम्मा विभिन्न कारणबाट च्याचिस नम्वर राखिएको ठाउँ घाँटी भाचिन गई वा घाँटी भाचिने डरले सर्पोट दिने शिलशिलामा वयल्डिङ्ग गर्दा उल्लेखित च्याचिस नम्बर मेटिन गएको हुँदा त्यस्ता भाडाका ई-स्थिसाको शन्दर्भमा सानो त्रुटि हुन गएको र सो त्रुटीलाई सच्चाई निसर्त ढंगबाट स्टिकर टाँस गर्ने व्यवस्था मिलाउनका लागि सम्वन्धीत निकायमा पत्राचार गर्ने निर्णय गरियो साथै माथि

उल्लेखीत मितिमा जारी भई सञ्चालनमा ल्याइएका भाडाका ई-रिक्साहरु संचालनमा ल्याउने क्रम्मा च्याचिस नम्बर ठोकेको ठाउँमा घाटी भाचिन गई सो च्याचिस नम्बर मेटिन गएको र सो को वदलामा सम्बन्धीत यातायात कार्यलयबाट सो च्याचिस नम्बर प्रमाणीत गरी गराई ई-रिक्साको जुनसुकै भागमा टासीएको भएता पनि सो लाई मान्यता दिई स्टिकर टाँस गर्ने व्यवस्था मिलाई सहयोग र सहजिकरण गरिदिनु हुन भनि सम्बन्धीत कार्यालयलाई अनुरोध गर्ने निर्णय गरियो ।
अन्यथा मजदुरहरुको हक हितका लागि आन्दोलनका कार्यक्रम घोषणागरी चरणबद्दरुपमा कार्यक्रम अगाडी बढाइने व्यहोरा समेत जानकारी गराइन्छ ।
बोर्दाथ
१) श्री जिल्ला प्रशासन कार्यालय मकवानपुर
२) श्री यातायात व्यवस्था कार्यालय मकवानपुर
३) श्री जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर
संयोजक विशाल राज महत मो.नं. 9855012166