मकवानपुर घर जग्गा व्यवसायी संघका अध्यक्ष कमलराज मैनालीले व्यवसायीमाथि निरुत्साहित पार्ने गरि लगाइएको नीतिनैे आर्थिक मन्दिको मुख्य कारण भएको बताएका छन् ।

व्यवस्थित शहर निर्माणमा भुमिका निर्वाक गर्दै आएको उल्लेख गरिरहेको संघको  अध्यक्ष मैनालीले सम्पत्ति भन्नुनै घर जग्गा हुनुपर्ने भएकाले विदेशबाट कमाएर होस या कतै श्रम गरेर ल्याएको रकमले घर जग्गानै किन्ने चलन रहेकाले अर्थतन्त्रलाई चलायमानको मुख्य भूमिकामा घर जग्गा व्यवसायी रहेको बताए ।

सोही कारणनै घरजग्गा कारोबार ठप्प हुँदा   सरकारले संकलन गर्ने राज्वस्व गुमेर   स्थानीय सरकारलाई करोडौंको अर्थतन्त्र नोक्सानी भएको बताएका हुन् ।

अर्थतन्त्रलाई सुधार गर्न नसक्नुसंगै सरकार र राष्ट्र बैंकले ल्याएको नीतिगत कारणले मन्दी तर्फ धकेलिएको अध्यक्ष मैनालीले बताए ।

पछिल्लो समयमा सरकारले कित्ताकाट फुकाउने निर्णय गरिसकेको कार्य स्वागत योग्य रहेको र यसले जग्गा वर्गीकरण नै रोकिएको हो कि भन्ने आशंका भने मेटिएको अध्यक्ष मैनालीका्े तर्क छ ।

२०७९ सालको दोस्रो महिनादेखि बन्द भएको जग्गा कित्ताकाट १४ महिनापछि फुकुवा गरेपनि कित्ताकाट नहुँदा जग्गाको कारोबारमा नै गिरावट आएको र त्यसले अर्थतन्त्रमै असर पु¥याएको देखिएपछि सरकारको विबेक फर्किएर फुकाउने निर्णय गरेको अध्यक्ष मैनाली बताउछन् ।

हरेकले व्यवसायी संघको तर्फबाट जग्गा किनबेच गरि घरव्यवहार मिलाउन गरिने अंशबण्डाका निम्ति पनि धाउनको समस्या समाधान गर्दै संघको तर्फबाट विभिन्न सामजिक सहयोग समेत गर्दै आएको बताउछन् ।

रातो समाचार संगको कुराकानीमा उनले भने “जग्गा पलटिङ्ग गरिरहँदा बाटो, बिजुली, खाने पानीको सुविधा सहितको व्यवस्था गर्दै स्थानीय सरकारलाई सहज हुने गरि सामाजमा टेवा पुग्ने काम गरिएको छ । धेरै सामाजिक कामहरु समेत गरेका छौं । समस्या परेकाहरुलाई सहयोग गरेका छौं । तर, हामीलाई काम गर्न सहज भएन । तर पनि हामीले सामजिक काम गर्न भने छाडेका छैनौं ।”

 

थप कुरागर्दै उनले  धेरै कार्यहरु मध्य कोभिडको महामारी फैलिएको बेलामा हेटौंडा अस्पतालमा अक्सिजनको कमी भएकाले कोभिडले दैनिक मृत्युदर बढिरहेको अवस्थामा समेत सहयोग गरिएको बताएका हुन् ।”

करिब ४० लाख बराबरको अक्सिजन पलान्ट जडान गरिदिएको स्मरण गर्दै दैनिक मृत्युदर बढिरहेको अवस्थामा धेरैको ज्यान जोगिएका कारण सहयोगले सन्तुष्टि दिएको अध्यक्ष मैनालीले बताएका हुन् ।

काम गर्नका लागि सहज स्थिति बनाउँन बैंक, राष्ट्र बैंकले ल्याएको पछिल्लो नीति परिवर्तन अति आवाश्यक रहेको अध्यक्ष मेनाली बताउछन् ।

अध्यक्ष मैनाली भन्छन् “जनताले पनि अहिले भएको पैसा घरजग्गामा लगानी गर्न भन्दा पनि बैंकमै राखेर ब्याज खान मन पराउछन् । यस्तो अवस्थामा अर्थतन्त्र चलायमान होला ?”

व्यवसायीले अर्थतन्त्र धानिरहेको देख्नु पर्दैन? व्यवसायी नागरिक हैनन्र्? परेको संकटमा सहज बनाउने जिम्मा सरकारको होइन?

जनतालाई सुखि र देशलाई समृद्धि बनाउन सरकारले सोचेन ।  बैंककोे संरक्षण गर्ने, ऋणीको सम्पत्ति लिलामी निकालेर नागरिकलाई टाँट पल्टाउदै जाने काम भयो ।  यो कार्यले भोलीका दिनमा जनता  जनता नै नरहे के  गर्ने ? बैंक रहन्छ, सरकार रहन्छ?  उनले प्रश्न गरे ।

जो कसैले बैंकमा रकम राख्दा विदेशमा जस्तै उल्टै व्याज लिने, लगानी गरेको ऋणको वृद्धि व्याज ततकाल घटाएर ५ प्रतिशत बनाउने हो भने भोलीपल्टै देशको आर्थिक मन्दिमा कमी आउँने बताउँछ ।

“ अर्थतन्त्रलाई चलायमान नै बनाउने हो भने सरकारले त्यसैले जनताको पक्षमा नीति बनाई  बैंकिङ क्षेत्रलाई घरजग्गामा लगानी गर्ने सहज वातावरण बनाई व्यवसायीका लागि सरकारले सहज नीति, नल्याए सुधार आउने संकेत देखिदैन” अध्यक्ष मैनाली भन्छन ।

…………….

मकवानपुर घर जग्गा व्यवसायी संघको २०८० बैशाख १६ गते भएको चौथो साधारण सभा एंव दोश्रो अधिवेशनमा अध्यक्ष्मा कमलराज मैनाली चएन भएका थिए।

व्यवस्थित शहर निर्माणमा भुमिका निर्वाक गर्दै आएको उल्लेख गरिरहेको संघको उपाध्य्क्ष भैसकेका मैनाली अध्य्क्ष सहित १३ सदस्सीय नयाँ कार्यसमिति चयन भएका थिए ।

उपाध्यक्षमा भिम प्रसाद तिमल्सिना, राजकुमार बानियाँ र ईवाकर मैनाली चयन भए।त्यस्तै गरि महासचिवमा शम्भु पुडासैनी, सचिवमा विजय गौतम, कोषाध्यक्षमा कृष्ण प्रसाद चौलागाई र सह–कोषाध्यक्षमा दिपेन्द्र यादव चयन भएका हुन् ।
सदस्यहरुमा राज कुमार थिङ, गोपाल कृष्ण नेपाल, गणेश बहादुर भोलन, शंकर बहादुर राउत र राज कुमार बास्तोला चयन भए।