नेपाल सितोरियो कराते संघको मकवानपुर जिल्ला कमिटी गठन गरिएको छ ।

जिल्ला कमिटीको अध्यक्षमा दिपक बहादुर तामाङ सहित २१ जना कार्यसमिति ्चयन भएका छन् ।शनिबार हेटौँडा ४ स्थित परिजातपथमा रहेको बहुउद्देशिय कभर्ड हलमा एक कार्यक्रम बिच गठन गरिएको कमिटिमा उपाध्यक्षमा रामलाल ठोकर, सचिवमा दीर्घ बहादुर लामा, सहसचिवमा सुमन रायमाझी, कोषाध्यक्ष्मा विष्णु गुरुङ चयन भएका हुन् ।

त्यस्तैगरि सदस्य तर्फ भिम घलान, नेत्र बाहादुर राई , सुरेन्द्र थापा मगर, राम शरण माझी, सिंह बहादुर थिङ, बबिता बलामी चयन भएका हुन् ।

कर्यक्रमलाइ सम्बोधन कमीटीमा अध्यक्ष पदमा चयन भएसंगैदिपक बहादुर तामङले खेलको स्तर र पहुँच बढाई आउने दिनहरुमा मकपानपुरलाई थप परिचित बनाउने बताए ।