मकवानपुरको पर्यटकिय स्थलको रुपमा परिचित जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा “पर्यटनका लागि फिल्म फेस्टिवल” को नारा सहित थाहा फिल्म फेस्टिवल २०२३ को आयोजना हुने भएको छ ।

 

मकवानपुरको पर्यटकिय स्थलको रुपमा परिचित थाहा नगरपालिकामा थाहा कला केन्द्रले फिल्म फेस्टिवल  आयोजना गर्ने भएको हो ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै दामन, पालुङ्ग, बज्रबाराही, चित्लाङ्ग, टिष्टुङ र आग्राको सम्पूर्ण भुभाग रहेको थाहा नगरलाई प्राकृतिक एवं भौगोलिक हिसावले नै आकर्षक र मनमोहक रहेकाले थप परिचत गराउनका लागि कार्यक्रम गर्न लागिएको जानकारी गराइएको हो ।

मकवानपुर जिल्लामै पहिलो पटक फिल्म फेस्टिवलको आयोजना हुन लागिरहेकोले पनि फेस्टिवलप्रति आकर्षित हुने र सहभागि भई आईका सामाग्रिहरुबाट पनि छानिएका डकुमेन्ट्रि, फिचर फिल्म र सर्ट फिल्महरुको प्रदर्शनी हुने छ ।

कार्यक्रमको कुल लागत २७लाख८० हजार ५० रुपैयाँको आयोजकको अनुमान छ ।

जानकारी गराए अनुसार थाहा नगर पर्यटनको प्रचुर सम्भावना रहेको र प्राकृतिक एवं भौगोलिक हिसावले नै आकर्षक र मनमोहक रहेको क्षेत्रमा थाहा कला केन्द्रले पर्यटनका लागि फिल्म फेस्टिवल भन्ने नारा उद्धृत गर्दै आउँदो मंसिर ९ गतेदेखि १५ गतेसम्म थाहा फिल्म फेस्टिवल–२०२३ को आयोजना हुने छ ।

चलचित्रकमीहरुलाई कार्यक्रम अवधिभर थाहाको पर्यटकिय क्षेत्रको अवलोकन गराई चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, ईत्यादि क्षेत्रका दिग्गज दिग्गज कलाकारहरुलाइ थाहाको बारेमा मुलभुत जानकारी गराउने उद्श्य रहेको उल्लेख गरिएको छ ।

कार्यक्रममा चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग तथा ईत्यादि छायांकनकोलागि अतिनै स्तरीय स्थल भएको चिनाउन र  थाहानगरको मुख्य–मुख्य पर्यटकिय क्षेत्रहरुको पहिचानमा फेस्टिबल महत्वपुर्ण हुने  पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेमा विश्वस्त रहेको आयोजकको भनाई छ ।