


शैक्षिक सत्र २०७९ को एसइई उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि न्यूनतम शुःल्कमा गुणस्तरीय शिक्षा प्रदानकामे प्रतिवद्धता सहित सामुदायिक देखि बिभिन्न कलेजहरुले भर्ना खुल्ला गराएका छन्।
यस वर्ष एसइई उर्तिण गरेर बसेका विद्यार्थीहरुका लागि बागमती प्रदेशकै राजधानी हेटौडा ४ मा रहेको हेडौंडा क्याम्पसले पनि भर्ना खुलाएको छ ।
विगतमा शिक्षा संकायमा मात्रै अध्यापन गराउँदै अघिल्लो वर्ष बहुमुखी क्याम्पसको रुपमा परिणत हेटौंडा क्याम्पसले पनि शिक्षा क्षेत्रमा गरेका काम र अवका दिनमा प्रदान गरिने शिक्षाका विषयमा जानकारी गराउँदै आएको छ ।
विद्यार्थीहरुलाई न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने र गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गरिने व्यवस्था सहित स्तरीय शिक्षा प्रदान गदिै आएको क्याम्पसले जनाएको छ ।
शिक्षाशास्त्र विषयको अध्यापन थालनी गर्न बि.स.२०४५ सालमा स्थापित भएको हो भने २०४७ सालबाट हेटौंडा क्याम्पसमा रूपान्तरण भएसको हो ।
पछिल्लो समय उक्त क्याम्पसमा २०७२ फागुन ३ गते प्रमुखको जिम्मेवारीमा आएका डा. देवचन्द्र मानन्धरले हाल सम्म पनि नेतृत्व गर्दै आएका छन् ।
विगतमा शिक्षा संकायमा मात्रै अध्यापन गराउँदै क्याम्पसले अन्य शंकायहरुमा पनि अध्यापन गराउने क्रममा मकवानपुरमा पहिलोपटक सामुदायिक क्याम्पसले होटल म्यानेजमेन्ट विषय समेत अध्यापन गराउने भएको क्याम्पस संचालक समिति अध्यक्ष आनन्दराम पराजुलीले बताए ।
निजी क्याम्पसहरुले होटल म्यानेजमेन्टको कक्षा सञ्चालनमा ल्यायपनि सामुदायिक क्याम्पसबाट हेटौंडामा पहिलो पटक भर्ना सुरु गरि कक्षा ११ देखि होटल म्यानेजमेन्टको अध्यापन सुरु गर्ने गरी भर्ना आह्वान गरेर मकवानपुरमा सामुदायिक क्याम्पसले पहिलोपटक होटल म्यानेजमेन्ट विषय अध्यापन गराउने भएको बताए ।
होटल म्यानेजमेन्ट तर्फ विद्यार्थीहरुको मोहो बढेको बताउदै यस वर्ष क्याम्पसले ४० जना मात्रै विद्यार्थी भर्ना लिइने र एसईईमा १.६ भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरु पनिले होटल म्यानेजमेन्ट अध्ययन गर्न पाउने व्यवस्था प्रमुख डा.देवचन्द्र मानन्धरले बताए ।
क्याम्पसमा विद्यार्थीहरुको चाहाना र माग अनुसारै अन्य शंकायहरु समेत थप गरिदैअध्यापनको स्तर बढाइएको बताएका हुन् ।
हेटौंडा उपमहानगर ४ नम्बर वडा कार्यलयले पनि प्रयोगात्मक पक्षमा सर्मथन पाएको र अत्याधुनिक ल्याब, किचेन, रेष्टुरेन्ट, बार निर्माणको काम समेत वडा कार्यालय मार्फत् भइरहेको क्याम्पस प्रमुख डा. देबचन्द्रले जानकारी दिए ।
प्लस टुपास पश्चायत बाहिरी स्थानमा जानै नपर्ने व्यवस्था बनाउन स्नातक तहमा होटल म्यानेजमेन्टको पढाई गराइने अभियान रहेको क्याम्पस प्रमुख डा. देबचन्द्रले बताए ।
अत्याधुनिक सेमिनार हल समेत रहेको र बिभिन्न छिमेकी जिल्लाका विद्यार्थीहरु रहेको जानकारी दिएका हुन् ।
उनले शैक्षिक क्षेत्रमा तीव्र गतिमा प्रगति गर्दै अनुशासन र प्रविधिमैत्री वातावरणमा शिक्षण सिकाई क्रियाकलापलाई अब्बल बनाउँदै आएको बताए।
प्रमुख माननधर भन्छन् “हालै एस इइ हालै एस इइ उत्र्तीण हुने विद्यार्थीहरुलाई सबैभन्दा पहिला बधाई अनि हार्दिक शुभकामना । आजको अंकमा होइन भोलीका दिनमा राम्रो गर्ने चाहाना बोकेर अघि बढौं । आफुले सक्ने, भिजन अनुसारकै विषयको चाहाना गरेर विषय छाननुस् । विद्यार्थीहरुलाई चाहाना अनुसारको विषयमा पढ्ने वातावरण मिलाउन अभिभावकहरुले पनि सहयो गरौं ।”
प्रतिक्रिया दिनुहोस्