शैक्षिक सत्र २०७९ को एसइई उत्तीर्ण गरेका विद्यार्थीहरुका लागि न्यूनतम शुःल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्दै सामुदायिक देखि बिभिन्न कलेजहरुले भर्ना खुल्ला गराएका छन् ।
बिभिन्न विषयमा शिक्षा प्रदान गरिने विद्यार्थीहरुको भविष्य सूनिश्चित गरिने प्रतिवद्धता समेत जनाइरहेका छन् ।
यसै क्रममा हेटौंडा उपमहानगर–४ स्थित भैरवरोडमा रहेको मकवानपुर टेक्निकल इन्ष्टिच्युटले पनि शैक्षिक सत्र २०८० – ०८१ को लागि भर्ना खुलाएको छ ।
३ वर्षे एचए, ल्याव टेक्निसियन, फिजियोथेरापी,रेडियोग्राफी ३ वर्षे प्रमाणपत्र तहमा सिटिइ भिटि बाट मान्यता प्राप्त शिक्षण संस्था मकवानपुर टेक्निकल इन्ष्टिच्युटमा शैक्षिक सत्र २०८०र०८१ को लागि उत्कृष्ट एवं अनभवी प्राध्यापकहरूद्वारा अध्यापन गराईने प्रमुख चन्द्र शेखर पण्डितले बताए ।
प्रवेशिका एसईई एसएलसी परिक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई समग्रमा Grade Point Average (GPA) न्यूनतम २ प्राप्त हुनु पर्ने बताए ।
उत्कृष्ट पूर्वाधार प्राप्त ओजेटी को व्यवस्था प्रोजेक्टरको माध्यमबाट स्वच्छ, शान्त, पारिवारिक वातावरणमा पठनपाठन हुने र उत्कृष्ट ल्यावको सूविधा समेत रहेको बताए ।
यस वर्षदेखि तीन वर्षे फिजियो थेरापी अध्यापन समेत सुरु गरेको छ ।
मकवानपुरमा २७ वर्षदेखि निरन्तर स्वास्थ्य क्षेत्रमा विज्ञ बनाउन गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको जिल्लाको एक मात्र टेक्निकल इन्ष्टिच्यूट रहेको पण्डितले बताएका छन् ।
उनले बताए अनुसार यस वर्षबाट फिजियो थेरापी अध्यापन सुरु गरेको र गत वर्षबाट तीन वर्षे रेडियोग्राफी र ल्याब टेक्निसियन पढाउन सुरु गरेको हो ।
६ वर्षदेखी निरन्तर एच.ए. विषय पढाउँदै आएको इन्ष्टिच्यूटबाट उत्पादन भएका विद्यार्थीहरु अहिले जिल्लाभित्र तथा अन्य जिल्लामा दक्ष जनशक्तिको रुपमा कार्यरत रहेको पण्डितले बताए ।
इन्ष्टिच्यूटले सुरुवाती चरणमा १८ महिने सिएमए, अनमी, एएनएम, ल्याब असिस्टेन्ट पढाउँदै आएको हो ।
असार २९ गते गते शुक्रवार देखि फारम वितरण गरिएको र मिति: ०४।१२ गते शुक्रवार बेलुका ४:३० सम्म फारम फारम बुझाउनु्पर्ने बताए ।
स्वीकृत सिट संख्या हेल्थ असिस्टेन्टमा ४० जना, ल्याब टेक्निसियन् ३० रेडियोग्राफीमा ३० जना र फिजियोथेरापीमा ४० जना रहेको छ ।
जसमध्य प्रवेशिका परिक्षामा उत्कृष्ट हुनेहरुले हेल्थ असिस्टेन्टमा ३ जना, ल्याब टेक्निसियन्मा २ जना, रेडियोग्राफीमा२ जना र फिजियोथेरापीमा ३ जनाले छात्रवृत्ति पाउने छन् ।
मकवानपुर टेक्निकल इन्ष्टिच्युट
हेटौडा-४ भैरव रोड, सम्पर्क: ०५७-५२१८५२
प्रतिक्रिया दिनुहोस्