शैक्षिक सत्र २०७९ को एसइई उत्तीर्ण गरेर बसेका विद्यार्थीहरुका लागि कक्षा ११ मा भर्नाका लागि सामुदायिक देखि बिभिन्न कलेजहरुले भर्ना खुल्ला गराएका छन् ।

न्यूनतम शुःल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धता समेत गरिहेका छन् ।

यसै क्रममा हेटौंडा उपमहानगर–५ स्थित हेटौंडा सिटी कलेज जेनिथले पनि बजारको भिडभाड धुवाँ धुलोभन्दा पर, शान्त स्थलमा स्वच्छ वातावरणमा गुणस्तरिय शिक्षा प्रदान गरिदै आएको जनाएको छ ।

शैक्षिक क्षेत्रमा अनुभवी शिक्षकहरुद्धारा शिक्षा प्रदान गरिरहेको र  विज्ञानसंकाय,होटल म्यानेजम्यान्ट,कम्प्युटर साइन्स्, बिज्नस् स्टर्डी अंग्रेजी माध्यममा कानुनको विषय समेत अध्यापन गराइरहेको प्रिन्सीपल श्री बहादुर कार्कीले बताए ।

२०७४ सालदेखि आफ्नै भवनमा रहेको र शिक्षालाई थप गुणस्तरिय बनाईदै आएको उल्लेख गर्दै असल संस्कारका साथै समय अनुसार बिद्यार्थीहरुलाई शिक्षा प्रदान गरिदै आएकाले रोजाइमान पर्ने विश्वास रहेको बताए ।

हालै एसइइ उत्तीर्ण हुने विद्यार्थीहरुलाई बधाई र सफलताको शुभकामना दिदै अधिक जिपीए आयो भन्दैमा हौसिन नहुने र कम जिपीए आउदैमा आत्तिन नहुने प्रिन्सीपल  कार्कीले बताए ।

यात्रा लामो भएकाले  SEE  आएको आएको जिपीए पहिलो खुड्किलो भएकाले कम आयो भन्दै निरास नभई आगामी दिामा राम्रो गर्छु भन्ने सामेच राख्न आग्रह गरे ।

मकवानपुरमै बि एस ए सि एस आई टी, बिएस्सी सि एस आई टी कलेज भएको जानकारी दिदै अंक कै आधारमा शिक्षाबाट बञ्चित नगरेर विद्यार्थीको चाहानामा शैक्षिक यात्रालाई अघिबढाइने बताए ।

अहिलेको युग सूचना  र प्रविधिको युग  भएकाले बढ्दो भएसंगै यसको प्रयोग सकारात्क पक्षमा गर्न  प्रिन्सीपल  कार्कीले आग्रह समेत गरे ।