


नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको १७ औं जिल्ला परिषद सम्पन्न भएको छ ।
प्रमुख अतिथि समेतख रहेका संगठन राष्ट्रिय समिति अध्यक्ष विष्णुप्रसाद भण्डारीले कार्यक्रमलाई संवोधन गर्दै शिक्षकको पेशागत सवालमा उठेका समसामयिक मुद्दामाथि सरकारसंग वार्तालाप भइरहेको बताए ।
उनले संघीय शिक्षा ऐनबारे प्रष्ट पार्दै सहभागीबाट उठेका प्रश्न रजिज्ञासाका विषयमा रहेर सरोकारवालाहरुसंग छलफलगरिने बताए ।
कार्यक्रम सञ्चालक समेत रहेका जिल्ला सचिव मुकुन्द न्यौपानेले संगठनको वार्षिक सांगठनिक प्रतिवेदन र नवनियुक्त कोषाध्यक्ष भावना सापकोटाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
विशेष अतिथी लक्ष्मि गजुरेलले मकवानपुर संगठनको जननी जिल्ला समेत भएका हुनाले पनि संगठनको औचित्य अनुसार गरिमा जोगाउने गरि काम गर्न कतैपनि चुक्न नहुने बताइन् ।
परिषद्कै अवसर पारेर सेवा निवृत्त शिक्षक तथा नवप्रवेशी शिक्षकहरुलाई सम्मनित गरिएको छ ।
उत्कृष्ठ गतिविधि गर्ने संगठन भन्दै वर्ष २०७९ मा संगठनको भिमफेदी गाउँ पालिकामा रहेको संगठनलानई नगद ५ हजार सहित सम्मान गरिएको हो ।
अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षता संगठन राष्ट्रिय समिति अध्यक्ष विष्णुप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सदस्य लक्ष्मी गजुरेलको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पूर्व केन्द्रीय सदस्य पद्मा पौडेल, निवृत्त शिक्षक समाज केन्द्रीय सचिव अभिमन्यू गौतम, संगठन बागमती प्रदेश सचिवालय सदस्य पूर्ण पूरी, सदस्य सुनिल गौतम, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, सहसचिव सागर खतिवडा, लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा त्यस्तै जिल्ला उपाध्यक्ष, शिक्षक सहकारीका पदाअधिकारीद लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्