मकवानपुरगढी गाउँपलिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले पालिका भित्र बसेकाहरुको लागि अबका दिनमा कोख देखि शोकसम्म पालिकाको जिम्मेवारी हुने बताएका छन् ।
आइताबार आयोजित वडा नंम्बर-४ अन्तरगर्त गरिएको पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष स्याङतानले यस्तो बताएका हुन् ।
वडा नम्बर ४ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा हुनेमा मकवानपुर जिल्लाकै पहिलो गाउँपलिका भएको उल्लेख गर्दै आगामी दिनमा अन्य वडाहरुलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेर सिङ्गो पालिकलाई परिचित गराउने बताए ।
उनले गाउँपालिकामा रहेकाहरुको अवस्था र मर्म अनुसार शिसुको जन्म देखिनै जनप्रितिनिधिसंगको सम्बन्ध जोड्ने कार्यक्रम ल्याइने बताए ।
यसैविच अध्यक्ष् स्याङतानले ४ नम्बर वडाको सहिद रुद्र स्मृती सामुदायिक स्वास्थ्य ईकाईलाई प्रमाणपत्र प्रदान गरेर पूर्ण संस्थागत सुत्केरी सुनिश्चित भएको वडा घोषणा गरेका हुन् ।
वडा भित्र गत आर्थिक वर्षमा ४० जना र चालु आर्थिक बर्षमा ३५ जनाले सस्थागत सुत्केरी भएको मकवानपुरगढी गाउपलिका स्वास्थ्य संयोजक धुब्र लामिछानेले जानकारी दिए ।
उक्त कार्यक्रममा यस अवस्थामा ल्याउन गरेको कार्यको कदर गर्दै जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख दिपक कुमार तिवारी , गाउँँपलिका प्रशासकिय अधिकृत शैलेद्र भण्डारी, वडा नम्बर ४ स्वास्थ्य शाखा कर्मचारी, स्वास्थ्य स्वयम् सेविकाहरु लयातलाई लाई सम्मान समेत गरिएको थियो ।
वडा नम्बर ४ का अध्यक्ष् अर्जुन प्रसाद तिमल्सिनाको सभाअध्यतामा गाउँपलिकाका अध्यक्ष् दोर्जे लामा स्याङतानको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मान कुमारी पार्ख्रिन नेपालीको विशिष्ठ आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्