झापामा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

झापा जिल्लाको हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित देउनिया खोलाको पुलबाट ३०० मिटर उत्तरपट्टि महेन्द्र पोखरेलको चियाबगानको छेउमा भद्रपुर नगरपालिका ७ बस्ने ५३ बर्षका गिरेन कर्मकारको मृत्यु भएको हो ।

कर्मकार जंगली च्याउ टिप्न गएको बेला जंगली हात्तीले आक्रमण गरी घट्ना स्थलममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता डिएसपीखगेन्द्र प्रसाद रिजालले बताए ।

प्रबक्ता डिएसपी खगेन्द्र प्रसाद जालले बताए अनुसार मंगलबार बिहान करिब ०४ बजेको समयमा घटना भएको र साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।