बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा करिब डेढ करोड मूल्य बराबरको कपडासहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्।
अवैध कपडा सहित ट्रक चालक भारत पन्जाब प्रान्त लोदियाना ग्राम रसलपुर वडा नम्बर–७ बस्ने ३३ वर्षीयका रन्जौद सिंह र सह–चालक विहार प्रान्त मोजफरपुर माहामाद बस्ने २६ वर्षीयका सुधिर कुमार सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी वरिष्ठ नायव निरीक्षक मञ्जु कुमारी रानाको कमाण्डमा खटिएको प्रहरीटोलीले आइतबार प्याजलोड भएको भारतीय ट्रकबाटअबैध कपडा सहित रन्जौद सिंह र सुधिर कुमारलाई पक्राउ गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुर, तथा मातहत कार्यालय ईलाका प्रहरी पशुपतिनगर समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले बिशेष सुचनाको आधारमा पक्राउ गरिएको जानकारी गराएको हो ।
प्रहरीका अनुसार पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिराहाबाट हेटौंडातर्फ आउँदै बीआर ०६ जिई ५०५३ नम्बरको भारतीय ट्रकलाई प्रहरीले शनिबार साँझ हेटौंडा–१५ स्थित रातमाटे चेकपोष्टमा रोकेर ट्रकलाई चेकजाँच गर्दा चारैतिरबाट प्याजको १६८ वटा बोराहरुले छोपी बीच भागमा लुकाएर ल्याएको अवस्थामा ९० बोरा कपडा समेत बरामद गरिएको प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए ।
प्रवक्ता कार्कीले बताए अनुसार ट्रकमा रहेको पाईन्टको कपडा एक करोड २८ लाख ९६ हजार रुपैयाँ, सुटको कपडा ३ लाख रुपैयाँ, सर्टको कपडा १६ लाख ७६ हजार २५० रुपैयाँ, सेरवानी कुर्था एक लाख ३ हजार रुपैयाँ र कोरा कपडा ५ लाख २५ हजार ४४७ रुपैयाँ बराबरकोछ।
त्यसैगरी १६८ वटा बोरामा रहेको ८४ क्वीन्टल प्याजको मूल्य २ लाख ५२ हजार रुपैयाँ छ।
उक्त कपडाको बजार मूल्य १ करोड ५५ लाख ६सय ९७ रुपयाँ रहेको छ । १सय६८ बोरा प्याजको प्रतिकिलो ५० दरले प्याजको भन्सार काटिएको छ।
ट्रक, प्याज, अबैध कपडा र ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि बरामद सामानलाई आन्तरिक राजस्व कार्यालय हरीहर भवन ललितपुर पठाउने तयारी गरिएको बताए ।
कपडा धनीलाई पनि नियन्त्रणमा लिएर सार्वजनिक गरिने प्रवक्ता कार्कीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्