हेटौंडा उपमहानगरपालिका भित्र विजय यूथ क्लवको आयोजनामा दोस्रो विजय यूथ गोल्डकप हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिका ५ पिप्ले क्याम्पा रंगशालामा दोस्रो विजय यूथ गोल्डकप हुने भएको शनिबार पत्रकार सम्म्लेन मार्फत जानकारी गराइएको हो ।

खेलाडीहरुको बीचमा भातृत्वको सम्बन्ध स्थापना खेलक्षेत्रमाफुटबलको विकासका निम्ति दोस्रो विजय यूथ गोल्डकपको आयोजना गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार उक्त खेलमा विजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख बराबरको बीमा, नगद १० हजार, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रत्येक खेलको म्यान अफ द म्याचलाई पुरस्कार समेत प्रदान गरिने छ ।

अनुमानित १३ लाख रुपैया लागत अनुमानित खेल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी, विजय यूथ क्लव, हटिया भेट्रान्स क्लव, ढल्केजोवान एफसी, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी यूथ क्लव, एफसी विजय यूथ, अग्रसर यूथ क्लव, समाजकल्याण एफसी, बागमती प्रदेश प्रहरी गण, चाइना पब्लिक यूथ क्लव, चौकीटोल यूथ क्लव, पशुपति युवा क्लव, हेटौंडा फुटबल एकेडेमी ए गरी १६ टिम सहभागी हुने आयोजकले जनाएको छ ।

असार ५ गते सुरु भइ १५ गते समापन हुने छ । उद्घाटन खेल एफसी विजय युथ र अग्रसर यूथ क्लवको बीचमा हुनेछ ।