हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न बजेट विनियोजन गरेको छ ।

शनिबार आयोजित १३ औं नगर सभाबाट अनुमानित २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैयाँको विनियोजन गरेको हो ।
उपमहानगरले चालु आर्थिक वर्षको को तुलनामा ११ करोड रुपैयाँ कम बजेट विनियोजन गरी आगामी आव २०८०र०८१ को बजेट सार्वजनिक गरेको हो भने आफ्नो बजेटको आकार घटाएको छ ।

उक्त कार्यक्रममा उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि खर्च व्यर्होने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार विनियोजन गरेको जानकारी गराइएको हो ।

त्यस्तै राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार, प्रदेश सरकारको विभिन्न शीर्षकका अनुदानबाट तीन करोड ३४ लाख ६८ हजार, संघीय सरकारको अनुदानबाट एक अर्ब १४ करोड ५० लाखबाट व्यहोरिने प्रतुत गरिएको छ ।

सभामा उपमेयर बानियाँले नगरको प्रगति समिक्षा गर्दै चालु आर्थिक वर्षमा तीन अर्ब ३३ करोड १३ लाख ४५ हजार संशोधित स्वीकृत अनुमान गरेकोमा हाल सम्म एक अर्ब ७० करोड ७२ लाख ३८ हजार ९८८ रुपैयाँ राजस्व तथा अनुदान संकलन भएको बताए ।

उपमेयर बानियाँले जानकारी दिए अनुसार बजेट तथा खर्चको विवरण अन्तरगत चालु तर्फ एक अर्ब ५६ करोड ५८ लाख ५७ हजार विनियोजन भएकोमा एक अर्ब ७ करोड ६६ लाख ७० हजार खर्च भएको छ ।

पुँजीगत तर्फ कुल बजेट एक अर्ब ६५ करोड ३९ लाख ८७ हजार विनियोजन भएकोमा हाल सम्म ७० करोड ७९ लाख १३ हजार खर्च भएको छ ।

वित्तीय व्यवस्थातर्फ एक करोड १५ लाख विनियोजन भएकोमा ८५ लाख ६५ हजार खर्च भएको छ।