हेटौंडा बजार लायन्स क्लबद्वारा सांगीतीक सांझ र म्युजिक भिडियो सार्वजनिक कानर्यक्रम हुने भएको छ ।
विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै असार १ गते हेटौंडाको पल्पसा हलमा राष्ट्रिय गीतको म्युजिक भिडियो विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम हुने जानकारी गराइएको हो ।अहिलेको परिस्थितिमा युवा पुस्ताहरुको देशप्रति निराशा बढ्दै गएको र समाजले अब देशको लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले साहित्यकार माधव पोखरेलद्वारा लेखिएको राष्ट्रिय भावनाको गीतको समेत सार्वजनिक गरिने भएकोअध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए।

संगीतकार शक्तिबल्लभको संगीत तथा गायक सुमित खड्काको स्वरमा रेकर्ड गरिएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा लोकदोहोरी गायिका प्रतिमा अर्यालसँगै स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहने बताए ।

विविध सांस्कृतिक कार्यक्रममा रम्नपाइने र प्रवेसकालागी टिकट दर एक हजार रुपैयाँ राखिएको अध्यक्ष कँडेलले बताएका हुन् ।
उक्त पत्रकार सम्मेलनमा क्लबका पूर्व अध्यक्ष पारशमणी थिङ, द्वितीय उपाध्यक्ष खड्ग चौलागाईं, सचिव राजेश बहादुर कार्की र सदस्य हेमन्त ढुंगेल लगायत सञ्चारकर्मीहरुको को उपस्थिती रहेको थियो ।

…………..

 

 

हेटौंडा बजार लायन्स क्लब द्वारा प्रेस बिज्ञप्ती
आदरणीय पत्रकार ज्यूहरु,
समाज सेवाको क्षेत्रमा रहेको संसार कै अग्रणी संस्था लायन्स क्लब इन्टरनेशनलको मातहतमा सन् २०१२ मा स्थापीत हेटौडा बजार लायन्स क्लबले आफनो स्थापना काल देखि नै समाज सेवाको क्षेत्रमा मकवानपुरमा आफ्नो छुट्टै स्थान बनाउन सफल रहेको यस समाजले लक डाउनको समयमा मौका यात्रुलाई खाजा खुवाउने, रक्तदान गर्ने, असहाय विधार्थीलाई छात्रवृत्ती, पोसाक, झोला, पाठ्यपुस्तक वितरण, बालबालीका संरक्षण तथा बृद्धाश्रममा खाधान्न लत्ता कपडा बितरण, मकवानपुरको विकट उत्तरी भागका पुगी चार्डपर्वको बेला खाधान्न तथा न्यानो कपडा वितरण, विधालय, बृद्धाश्रम तथा मठ मंदिरमा त्यहांको आवश्यकता अनुसार भवनको लागी रंग बितरण जस्ता महत्वपुर्ण कार्यहरु गर्दै आएको कुरा स्मरण गराउन चाहन्छौ ।
पछिल्ला दिनहरुमा नेपाली जनता विशेष गरी युवा पुस्तामा देश प्रती नीरासा बढ्दै गएको अवस्था रहेको स्थीती तपाई हामी माझ घाम जस्तै छर्लङ्ग छ । समाज भन्दा राष्ट्र माथी हुन्छ भन्ने सोचेर समाज सेवाको क्षेत्रमा काम गर्ने यो सामाजले अब राष्ट्रको लागी केहि गरौ भन्ने मनसायका साथ यस समाजका पर्व अध्यक्ष साहित्यकार माधब पोखेल द्वारा लेखिएको राष्ट्रिय भावनाले ओतप्रोत भएको राष्ट्रिय गीतलाई देशकै प्रसिद्ध संगीतकार शक्तीबल्लभको संगीत तथा राष्ट्रिय गीत मात्र गाउने गायक सुमीत खडकाको स्वरमा रेकर्ड गराएर त्यसको म्युजीक भिडियो तयार गर्न सफल भएका छौं । तिनै राष्ट्रिय गायक तथा अन्य कलाकारहरु मा लोकदोहोरी गायिका प्रतिमा अर्याल एवम स्थानिय कलाकारहरु लगायतलाई बोलाएर यहि २०८० असार १ गते यो संस्थाले एक सांगीतीक साझ गर्नुका साथै सो म्युजीक भिडियोको समेत बिमोचन गर्न गइरहेकाछौं ।
कुनै पनि संस्था संचालन तथा त्यसलाई जिवित राख्न आर्थिक पाटोको ठुलो महत्व रहन्छ । आज सम्म यो संस्था आफ्ना सदस्यहरु बाट प्राप्त हुने कार्यक्रम सहयोग नै यसको मुख्य श्रोत रहेकोछ । यो कार्यक्रम बाट भएको खर्चको समायोजन गर्ने र बचत हुन गएको रकम समाज सेवामा नै खर्च गर्ने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागीएको यहाहरु समक्ष जानकारी गराउदै यसमा राज्यको चौथो अंग तपाई पत्रकार ज्यहरुको पनि साथ र सहयोगलिई आपसी सहकार्यमा अगाडी बढ्नु पर्छ भन्ने पवित्र उद्देश्यका साथ यो पत्रकार सम्मेलन गरेकाछौं ।

लायन लक्ष्मण कंडेल
अध्यक्ष वर्ष २०२२/२३
मिती : २०८० ०२ १८