जिल्ला प्रहरी कार्यालय झापाले ज्यान मार्ने उधोग मुद्धामा फरार रहेका १ जनालाई पक्राउ गरेको छ ।

साबिकको टाघन्डुब्बा गा.बि.स.९ हाल झापा गाउँपालिका वडा नं. ३का ३९ वर्षका भुपेन भनिने रुप बहादुर राय पक्राउ परेका हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार झापा जिल्ला अदालतले २०७३असोज११ गते ज्यान मार्ने उधोग मुद्धामा कैद भुक्तानकालागी फैसला गरेको थियो भने उनि फरार रहेका थिए ।

जिल्ला प्रहरी झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले जेठ१२ गते पक्राउ गरी फैसला कार्यन्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएइको
झापाका प्रहरी प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

प्रहरी प्रवक्ता रिजालले जानकारी दिए अनुसार अदालतको आदेशले कैद भुक्तानको लागी कारागार झापा पठाइएको छ।