


बैसाख १० गते सम्पन्न सम्पन्न उपनिर्वाचन अन्तरगर्त मधेश प्रदेश बारा २ को हालभइरहेको मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन्।
जसपाका अध्यक्षसमेत रहेका यादवले २,७७०, जनमतका कुशवाहले २,१८२ मत पाएका छन् ।
यादव कुशवाहसँगको मतान्तर ६००पुगेको हो ।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३५१ र आम जनता पार्टीका अरुण ज्ञवालीले २०६ मत पाएका छन् ।
मतगणा जारी छ ।
प्रतिक्रिया दिनुहोस्