बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यालय उद्घाटन तथा हेटौडा नगर सम्मेलन सम्पन्न गरिएको छ।

शनिबार एक कार्यक्रको आयोजना गर्दै पुर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्व रहेको पार्टी बागमती प्रदेश सभापती डा.अच्युतम लामिछाने द्धारा  मकवानपुर जिल्ला समन्वय कार्यालय उद्घाटन गरिएको हो ।

सोहीक्रममा नगर सम्मेलन सम्मेलनले धूर्ब बिष्टलाई सभापतिमा चयन गरेको छ ।

उप सभापति सपना कँडेल, सचिवमा प्रेम प्रसाद लामिछाने, कोषाध्यक्षमा सम्झना पुडासैनि चयन भएका हुन् ।

त्यस्तैगरि सम्मेलनले सदस्यहरुमा सन्तोषी बर्तौला, राम प्रसाद न्यौपाने, हरि बहादुर कुँवर, मञ्जु धमला, बिस्णु सुनार, राम बिक्रम थापा, बिनोद पौडेललाई सर्वसहमत चयन गरेको हो ।

सल्लहाकारमा दामोदर दाहाल, बिष्णु लाल महर्जन, उद्धब पराजुली, महेन्द्र श्रेष्ठ चयन भएका छन् ।