हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५सानो पोखरा घर भएकी चुडाकुमारी खड्का नेपाल प्रहरीको प्रहरी निरिक्षकका रुपमा कार्यरत छिन् ।

स्वास्थ्यको लागी खेलकुद राष्ट्रकोलागी खेलकुद भन्ने नारालाई पछ्याउदै भलिबल खेलको रुची बोकेपनि अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र महिला सेल तर्फ नेर्तत्व गरिरहेकी छिन् ।

भलिबल खेलकुदमा रमाउदा रमाउदै १७ वर्षको उमेरमै २०५८ सालमा वीरेन्द्र शिल्ड प्रतियोगितामा विद्यालयको प्रतिनिधित्व गर्दै भलिबल प्रतियोगिता खेल्न थालेकी हुन् ।

महिला राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी भएर २०६३ सालमा राष्ट्रिय टोलीमा कव्जा गर्न सफल खड्का २०७२ सालसम्म राष्ट्रिय टोलीमा रहेर नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर थुप्रै अन्तर्राष्ट्रिय पदक पनि जित्न सफल भएकी थिइन् ।

प्रहरी निरिक्षक खड्का भन्छिन्  “नेपाल प्रहरी संगठनबाटै सेवक बनेर काम गरिरहेकी छु । त्यसैले यस कारण सन्तुष्टि मिलेको छ।”

 

खेल क्षेत्र र प्रहरी पेशा संगै भोगाइका विषयमा प्रहरी निरिक्षक संग केही कुराकानी गरिएको छ ।
जानकारीका लागि तल भिडियो  लिङ्कमा क्लिक गर्नुहोस् ।