बिमल खत्री – यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको बिषयमा तयार गरिको लघु चलचित्र “निलो फुल” हेटौंडा ४ मा रहेको एनएस सिनेमा हलमा विहिबार निःशुल्क प्रर्दशन गरियो ।
“निलो फुल” हाम्रो समाजमा रहेका यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको वास्तविकता माथी निर्माण गरिएको छोटो चलचित्र भएपनि कथाले धेरैनै बोलेको छ ।
चलचित्रमा यौनिक अल्पसङ्ख्यक समुदायको गाउँको समलिङ्गी पात्रलाई जबरजस्ती महिलासँग बिहे गर्न लगाएपछि आइपर्ने बाधा समेटिएको पाइयो ।
उनीहरुले घर परिवार, साथीभाई समाज तथा बिभिन्न संघ संस्थामा आवद्ध रहेकाहरुले हेर्ने दृष्टिकोण प्रति केन्द्रित रहेको छ ।
परिवर्तित समय अनुसार चेतनाका आवाजका दिन र समाजमा समलिङ्गी प्रति सकारात्मक सोचको बिकास गराउन केही टेवा पुग्ने होकी भन्ने “निलो फुल” ले आशा जगाएको छ नै सहभागीताले पनि यस्तै आशा रहेको बताएका छन् ।
त्यसो त चलचित्रले मात्रै पनि परिवर्तन सम्भव छैन ।
हाम्रो देशमा सरकारले समेत नागरिकको दर्जा दिन नसकेको अवस्था रहेसंगै यस समुदायकाहरु नागरिकता बिहिन समेत हुनुपर्दाको पिडा कसले बुझ्ने र यो प्रश्न बनेको कैयौ समय भइसकेको छ ।
नागरिकता लिन पनि असिमित सङघर्ष गर्नु परेको थाहा भएर पनि अबुझ हामीहरु नै बनिरहेका छौं ।
बेला बेलामा भएका आन्दोलनहरु र बिभिन्न समयमा यस विषयमा केन्द्रित रहेर संघ संस्थाले उठान गरेका आवाज हरुले मात्रै समाजले उनीहरु प्रति हेर्ने नजरिया परिवर्तत होला त ?
रोजगारीको अभावका कारण भोग्नुपरेको समस्या र ति समस्या समाधानका लागी सडक कुर्ने र यौन व्यापार जस्तो बाटो अपनाउनु परेको व्यथा समलिङ्गीका कारण रोजगारी अवसर नपाउनु र होच्चाएर अपशब्द प्रयोग गर्ने गरेको समेत दुखेसो पोखिरहेका छन्।
यस धर्तीका सबै प्राणिहरुको बाच्ने अधीकार त छ । प्रत्येक नेपालीले स्वतन्त्र रुपले बाच्न पाउने अधिकार नेपालको संबिधान २०७२ ले दिएको छ ।
तर, यो अधीकार मात्र टाठा बाठा हरुका लागी मात्र छ । समलिङ्गी हुनु कुनै पाप हैन यो त प्राकृतिक देन हो तसर्थ उनीहरुले पनि अन्य मानिस सरह झै बाच्न पाउनु पर्दछ।
उनीहरुका लागी र नेपाली समाजको सोचलाई परिवर्तन गर्न नेपाल सरकारले निम्न रुपमा ठोस रुपमा कदम चाल्न जरुरी देखिन्छ ।
१ : नेपाली नागरीकता सहज रुपमा पाउने व्यवस्था गर्नु पर्ने देखिन्छ
२ :प्रत्येक प्रदेशमा आवास सहितको उचच शिक्षाको प्रबन्ध मिलाउने
३ : लोक सेवा तथा सरकारी निकायमा आरक्षणको व्यवस्था मिलाउने
४: बिकासका तथा चेतनाका सबै क्षेत्रमा सहभागीता बढाउने
यस्ता धेरै बुधाहरु छन् तर, समग्रतामा भन्नुपर्दा सरकारको तह बाट नै यौनिक अल्पसङ्ख्यक समुदायको स्तर उन्नतिका लागी नेपाल सरकारका तीनै तहको ठोस कदमले मात्र सम्भव हुन सक्छ अनि मात्र समृद्द नेपालको परिकल्पना पूरा गर्नमा यीनीहरुको महत्वपूर्ण भूमिका निर्वाह हुनसक्छ ।














प्रतिक्रिया दिनुहोस्