झरना साहित्यिक परिवारले विभिन्न क्षेत्रमा आवद्ध रहेक १० जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।

जस अन्तरगर्त सञ्चार क्षेत्रमा सक्रिय रहेका भानुभक्त आचार्य नगद ११ हजार १ सय ११ सहित गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कारबाट सम्माति हुने भएका हुन् भनेआचार्य सहित १० जना स्रष्टाहरूलाई सम्मानित हुने भएका छन् ।

झरनाको ३० औँ वार्षिकोत्सव तथा बकैया कला–साहित्य महोत्सव, २०७९ को अवसर पारेर सष्ट्रा सम्मान गर्न लागिएको जानकारी गराएको हो ।

फागुन ८ र ९ गते सञ्चालन हुने महोत्सवमा पहिलो दिन रचना वाचन, चित्रकला प्रतियोगिता र बकैया बिशेष रचना वाचन दोस्रो दिन नवपुस्ता केन्द्रित रचना वाचन, बहसः चेतनाको विकासमा स्थानीय तहको भूमिका, खुल्ला कविता वाचन, गजल मुक्तक वाचन र गायन लगायत बिबिध कार्यक्रम तय भएको जानकारी गराइएको हो ।

साहित्यमा योगदान गरेबापत भन्दै वर्ष २०७९ सालको होमनाथ–टीकामाया प्रतिभा सम्मानबाट डा. जीवेन्द्र देव गिरीलाई प्रदान गरिने भएको छ । उनलाई नगद २१ हजार १ सय २१ रुपैयाँ सहित सम्मान गरिने भएको हो ।

हेटौडामा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस वर्ष प्रदान गरिने पुरस्कार तथा सम्मानको बारेमा झरनाले जानकारी गराएको हो ।
झरनाले  जानकारी गराए अनुसार साहित्यको मुक्तक विधातर्फ शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट नगद १५ हजार ५ सय ५५ सहित सरु भक्तलाई सम्मानित हुने भएका हुन् ।

साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान पुर्याएको भन्दै नवराज शर्मालाई बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान संगै नगद १५ हजार ५ सय ५५ राशी प्रदान गरिने भएको छ।
खडानन्द–मनमाया प्रतिभा सम्मानबाट अमला अधिकारी, सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट अनिता न्यौपाने, सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट कृष्ण प्रसाद चौँलागाई, खिम बहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट ऋषि केबीलाई नगद ७ हजार ७ सय ७७ सहित प्रदान गरिने भएको हो ।

त्यस्तै ५ हजार ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार कवि स्वस्तिका दाहाललाई प्रदान गरिने भएको छ ।

बकैया गाउँपालिकाभित्र रहेका बिद्यालयहरुमा भएको साहित्यिक गतिबिधिको आधारमा झरना–महेन्द्र वाल साहित्य समिति र प्रभात माविका शिक्षक कुमार स्याङ्वोलाई सम्मानपत्र प्रदान गरिने छ ।