बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबारदेखि जारी ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ मा मेला भर्न पुगेका दर्शकहरु उत्साहित देखिएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा गरिएको टिसिएन चौरमा जारी महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतीमा दर्शकहरु रमाइरहेका छन् ।
यसैक्रममा मंगलबार चर्चित गायक प्रकाश सपुतको बबाल सांगीतिक प्रस्तुतीमा दर्शकहरु झुमिएका थिए ।
उनले गलबन्दी च्यातियो, पीर दियो, कुरा बुझ्नु पर्छ, लगायतका गीत प्रस्तुत गर्दै दर्शकमाझै पुगेपछि भमाका मच्चिएको थियो ।
स्वदेशी उत्पादनलाई प्रवद्र्धन र विक्री गर्ने उद्देश्यले जमादार ग्रुप हेटौंडाले सञ्चालनमा ल्याएको स्वदेशी सुपरमार्केटले गायक सपुतलाई महोत्सवमा ल्याएको हो भने सपुतले धन्यबाद दिए ।
यसैविच गायिका अस्मिता अधिकारी, पुराना चर्चित लोक गायक घमेश दुलाल, कमेडियन प्रभात लामाले आफ्नो प्रस्तुती दिएका थिए । युवापुस्ताको मन मुटुमा बसेकी गायिका अधिकारीले आफु नाच्दै दर्शकहरु नचाइन् ।
भोली बुधबार गायक युवराज चौलागाई, गायिका शीलु भट्टराई गायक विश्व नेपाली, कमेडियन सुदीप थापा लगायतका कलाकारले आफ्नो प्रस्तुती दिने छन् ।
………………..
मकवानपुर उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापार मेला गरेको थियो।त्यसैगरि संघले २०४३, २०५३, २०५५, २०५६ सालमा मेला गरेको थियो भने २०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला गरेको हो।
२०६८, २०७०, २०७२ र २०७५ मा राष्ट्रिय औद्योगिक व्यापार मेला गरेको हो।
महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको र कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल लगाएत विभिन्न ३ सय ३७ वटा स्टलहरु रहेका छन् ।
मेलामा कृषि, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादन, होटल, आइटी, शैक्षिक संघसंस्था, उद्योगका उत्पादनहरु लगायतकाको स्टलहरु छन् ।
११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिकी स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहेको छ ।



















प्रतिक्रिया दिनुहोस्