मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित बागमती प्रदेशको राजधानी हेटौंडामा आज बुधाबारदेखि ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ सुरु भएको छ ।

आजै देखि हेटौंडा १० टिसिएनको चौरमा सुरु भएको मेलाको बागमती प्रदेश मुख्य मन्त्रि शालिकराम जमरकटेलले उद्घाटन गरेका हुन् ।

यसैविच महोत्सवमा मकवानपुर गाउँपालिकामा उत्पादित स्थानीय एवम रैथानेबाली कृषि उपजको प्रदर्शनी तथा बिक्री स्टल पनि राखिएको छ ।

पिठोहरुमा कोदो , फापर, मकै, बेसारको धुलो, खलेको कोदो, कोदोको नमकिन, मस्याङ्ग लगायतका वस्तुहरु बिक्रीमा राखिएको हो ।

उक्त स्टलमा कोदो, फापर, चिनो, कागुनो, लट्टे, सिलाम, आलस, सिमी, स्थानीय मकै, मस्याङ्ग, दुधे पिडालु, अदुवा, बेसार, उखु साथे कृषि कार्यमा प्रयोग हुने औजार तथा सामग्रीहरु जाँतो, हलो, कुटो, कोदालो, नाङ्गलो, डोको, ड़ाल्लो, थाकलको मान्द्रो, बाँसको मान्द्रो, कुरुवा लगायत प्रदर्शनीमा राखिएको हो ।

स्थानीयस्तरमा उत्पादित रैथाने बाली तथा वस्तुहरुको संरक्षण, प्रवर्द्वन र गर्ने र वजार विस्तारमा टेवा पुर्याउने उदेश्य सहित कृषि ज्ञान केन्द्र चितवनको सहयोगमा राखिएको कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

विभिन्न सहकारी, कृषक समुह र कृषकहरुको समन्वयमा संचालनमा ल्याएको जानकारी दिदै स्थानीय एवम रैथानेबालीको उपभोगमा जोड तथा प्रवर्द्वनमा सहयोग गर्न सबैलाई अनुरोध समेत गरे ।

व्यापार महोत्सवमा कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल लगाएत विभिन्न ३ सय ३७ वटा स्टलहरु छन् ।