मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित बागमती प्रदेशको राजधानी हेटौंडामा बुधाबारबाट सुरु हुने ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ मेलाको तयारी पूरा भएको छ ।
हेटौंडा १०- टिसिएन चौरमा गरिने मेलाको तयारी पूरा भएको संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले जानकारी दिए ।
मंगलबार मेला स्थलमा पत्रकार सम्मेलन गर्दै भोलि दिउँसो १ बजे बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गर्ने भएको जानकारी दिएका हुन् ।
व्यापार महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको र मेलामा कृषि, व्यापार, उद्योग, सूचना प्रविधि, पर्यटन, अटो, होटल लगाएत विभिन्न ३ सय ३७ वटा स्टलहरु रहने बताएका हुन् ।
अध्यक्ष अग्रवालले बताए अनुसार मकवानपुर उद्योग वाणिज्य संघले पहिलो पटक २०४२ सालमा औद्योगिक व्यापा मेला गरेको र संघले ०४३, ०५३, ०५५, ०५६ सालमा मेला गरेको थियो । २०६६ सालमा मध्यमाञ्चल औद्योगिक व्यापार मेला तथा ०६८, ०७०, ०७२ र ०७५ मा राष्ट्रिय औद्योगिक व्यापार मेला गरेको थियो ।
१३ दिने मेलामा २ लाख जनाले अवलोकन गर्ने र २० देखि २५ करोड कारोबार हुने अनुमान रहेको उल्लेख गर्दै जिल्लाको कृषि, पर्यटन र व्यापार व्यवसायको विकासमा टेवा पुर्याउने बताए ।

महोत्सवमा गायन तथा नृत्य प्रतिभा प्रोत्साहन तथा प्रवद्र्धनका लागि हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगिता समेत रहेको प्रवक्रा उज्वल चौंगाइले बताए ।
उनले महोत्सवमा स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु रहने जानकारी दिए ।
मेला प्रवेशको टिकटदर प्रतिव्यक्ति ५० रुपैयाँ राखिएको र विद्यार्थीलाई ५० प्रतिशत छुट रहेको बताए ।
महोत्सवमा गायन तथा नृत्य प्रतिभा प्रोत्साहन तथा प्रवद्र्धनका लागि हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार र दुलही श्रृंगार प्रतियोगिता समेत रहेको छ । तीनै वटा प्रतियोगितामा प्रथम हुने ३०र३० हजार, द्वतियले २०र२० हजार र तृतियले १०र१० हजार र सान्त्वना हुनेले ५र५ हजार प्राप्त गर्ने छन् ।



















प्रतिक्रिया दिनुहोस्