नेपालमा पनि पछिल्लो समय डेंगु संक्रमितको संख्या बढिरहेको छ।

मन्त्रालयका अनुसार सात वटै प्रदेशअन्तर्गतका जिल्लामा डेंगु फैलिएको छ भने डेंगु पुष्टि हुनेको संख्या बढेपछि सचेत रहन आग्रह गरिएको छ ।
डेंगु बाट बचाउने अभियानमा स्थानिय तहका महानगर, उपमहानगर, गाउँपालिका र स्वास्थ्य सरोकारवालाहरु सक्रिय भएका छन् ।

यसैक्रममा महामारीको रूपमा फैलदै गैरहेको डेङ्गु रोगको नियन्त्रणका लागि मकवानपुरगढी गाँउपालिका वडा नं. ५ का वडाध्यक्ष दिपेश दाहालले पनि चासो लिएका छन् ।

वडाध्यक्ष दाहालको अग्रसरतामा डेङ्गु सार्ने लामखुट्टेको लार्भाको बासस्थान खोजि गरि नष्ट गर्ने र सचेतनाका लागी घरदैलो अभियान चलाएका छन् ।