नेपाली कांग्रेस मकवानपुरको सभापति बनेका बुद्ध लामाले अबका दिनमा सबैलाई समेटेर काम गर्ने बताएका छन् ।

सभापति उम्मेदवार बुद्ध लामा पहिलो, आनन्दराम पराजुली दोस्रो र जयराम लामिछाने तेस्रो स्थानमा परेपछि दोस्रो चरणका पराजुली र लामाबीच चुनावी युद्ध हुने भएको थियो ।

जिम्मेवारीमा १ जनानै पर्ने निश्चित भएको र त्यसमा सहमती जुटेर बुद्ध लामा सभापति बनेपछि यस्तो बताएका हुन् ।

कांग्रेस मकवानपुरले २०४६ सालपछि पहिलो पटक तामाङ समुदायबाट नेतृत्व पाएको हो ।

कांग्रेस नेतृत्वकको लागि सभापतिको युद्धमा रहेका आनन्दराम पराजुली,जयराम लामिछाने र बुद्ध लामा रहेका थिए भने ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने भएको थियो।

सभापतिमा निर्वाचित भएपछि उनले कुनै एकजनाको जित नभएर नेपाली कांग्रेसको नै जीत भएको र अबका दिनमा सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

उनले भने ” म चुनावी मैदानमा उत्रदा विगतमा पनि ३ जनानै हुने गरेका थियौँ । म स्वयम्, विष्णु लामिछाने र अकोृ व्यक्ती विष्णु प्रसाद दाहाल हुनुहुन्थ्यो ।  अहिले पनि ३ जनानै भयौँ ।त्यो समयमा पनि दिएको मत सम्मान योग्य थियो । बराबर मत थियो । आजपनि उस्तै माया गर्नुभएको छ ।  प्रदान गर्नु भएको  पद गर्भिलो,गहकिलो र भारी पनि छ भने अब चुनौती पनि छ । तर, पर्ने चुनौतीको सामना गरेर नेपाली कांग्रेसलाई महत्वपुर्ण पाटी बनाएर लैजान सधै लागि पर्छु । मलाई गरेको विश्वासलाई टुट्न दिने छैन् ।कांंग्रेसलाई सबै तहमा स्थापित गर्न  काम गर्ने छु ।”