रोशन दिप- बागममती प्रदेशको राजधानी हेटौंडा ९ मा रहेको सिआन पुर्नस्थापना  केन्द्रमा शनिबार गायक,संगीतकार आएका छन् ।

आउदै गरेको नँया वर्ष २०२३को अवसर पारेर गायक गीतकार  नेपाली संगीतिक क्षेत्रका कमल क्षेत्री, र्याप गायक मिस्टर डि र सञ्चारकर्मी कलाकार गायक तथा संगीतकार बिकाश पाण्डे आएका हुन् ।

त्यस्तैगरि बडिबिल्डरका रुपमा परिचित मिलन सिजापती पनि आएका छन् ।

उनिहरुलाई केन्द्रका प्रमुख सौजन डिसिले स्वागत गरेका थिए ।

उनिहरुले पुर्नस्थापना केन्द्रको अवलोकन गर्दै लागुऔषध दुव्र्यसन जस्तो डरलाग्दो ्अअवस्थामा परेकाहरुलाई जोगाउने अभियान चलाइरहेको केन्द्रप्रति खुसि व्यक्त गरे ।

पुरानो वर्ष २०२२ को बिदाई आँउदै गरेको नँया वर्षलाई स्वागत गर्दै पुर्नस्थापना  केन्द्रमा सेवा लिइरहेकाहरुलाई शुभकामना दिएका थिए ।

दुर्व्यसन एउटा गम्भिर रोग भएकाले प्रयोगकर्ताहरु लाई सफल उपचार प्रवाह गर्न घरपरिवार, समाजका व्यक्ती र सरोकारवालाले कदम चलाउन जरुरी रहेको डिसिले बताए ।

समयमै परामर्श वा उपचार सुनिश्चित गराउनुपर्ने उनको भनाइ छ ।
झन्डै १ दशक देखि लागुऔषध तथा मध्यपान प्रयोगकर्ताहरुलाई सुधारको भुमिका निर्वाह गर्दै आईरहेको छ  ।