हेटौंडा । धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी व्यवस्थाबारे जानकारी मुलक कार्यक्रमको आयोजना गरिएको छ ।

धर्मपुत्री मानिने कुनै व्यक्तिले अन्य व्यक्तिको छोरा वा छोरीलाई आफ्‌नो छोरा वा छोरीको रूपमा स्वीकार गरेको व्यक्ति धर्मपुत्र वा धर्मपुत्री मानिने जानकारी गराइएको हो ।

हेटौडा २ मा रहेको नागरिक संवाद केन्द्रको हलमा शुक्रबार  मुलुकी देवानी संहिता, २०७४ र मुलुकी देवानी कार्यविधि संहिता २०७४ अन्तर्गत परिच्छेद ८ को धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी व्यवस्थाबारे जानकारी मुलक कार्यक्रमको आयोजना गरिएको हो।

उक्त कार्यक्रमको प्रतुतकर्ता अधिवक्ता राधा कृष्ण मैनाली रहेका थिए भने ा अधिवक्ता रघुनाथ खरालले कार्यक्रको सहजीकरण गरेका थिए ।

कार्यक्रममा कानुन सम्बन्धि अध्यन गरिरहेका बिद्यार्थी, अधिवक्ता र सरोकारवालाहरु सहितको उपस्थितिमा अन्तरक्रिया सम्पन्न गरिएको हो ।