बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य बजारक्षेत्रमा बनाइएको साइकल लेन गाएब भएको छ ।
डिभिजन सडक कार्यालय हेटौंडाले सडक मर्मत गर्दा बजारभित्र निर्माण गरिएको साइकल लेन पुरिएको हो ।
बजारक्षेत्रमा साइकल लेन बनाउन उपमहानगरपालिकासँगको सहकार्यमा हिमालयन राइडर्स सोसाइटीले साइकल लेन निर्माण गरेको हो ।
हेटौंडाको मुख्यबजार क्षेत्र बुद्धचोकदेखि पूर्व–पश्चिम, उत्तर–दक्षिण चारैतर्फ सांकेतिक रुपमा साइकल लेखनको साइकल लेनमाथिनै कालोपत्रे सुरु गरेपछि लेन गाएब भएको छ ।
साँघुरो सड अनि सवारी साधनको बढ्दो चाप, सडक पेटिमा फुटपाथ, अब्यवस्थित पार्किङ्ग, फेरी लेन भनेर पैदल यात्री र सर्वसाधरणले प्रश्न गरेका थिए।
केही पक्षले अफिस प्रयोजन र दैनिक जीवनमा साइकल यात्राले इन्धन आयात, सो इन्धनबाट हुने प्रदुषण र सो प्रदुषणबाट हुने रोगहरूबाट जोगिन टेवा पुग्ने भन्दै खुसी व्यक्त गरेका थिए ।
हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको ५ लाख रुपैयाँ बजेट तथा हिमालयन राइडर्स सोसाइटीको समन्वयमा साइकल लेन निर्माण गरिएको सोसाइटीका अध्यक्ष चेतनाथ आचार्यले जानकारी दिएका थिए ।
साइकलको चित्रण गरेर बनाइएको साइकलको लेनमा नै मोटरसाइकल, अटो, ट्याम्पो लगायतका सवारी पार्किङ गरेर लेनको मजाक बनिरहयो । साइकल लेन भनेर बनाएको लेन प्रयोग नै गर्न नपाएपछि हेटौंडा उपमहानगरको नौटंकी भन्दै साइकल यात्रीले नै उपमहानगरपालिकाको बजेट बालुवामा पानी जस्तै भएको भन्दै आक्रोश नै पोख्न थाले ।
सामाजिक सञ्जालमा लेनको चर्चा परिचर्चा हुने भएको हो ।
अहिले पनि बचेको साइकल लेनमा अधिकांश सवारीसाधन पार्किङ्ग गरि राखिएको देख्न सकिन्छ ।
अहिले बुद्धचोबबाट भुटनदेबी मोड तर्फ धमाधम कालोपत्रे भइरहदा ४ सय २ वर्ग मिटर बराबरको करिब ५६ वटा साइकल लेन सङ्केत चित्र सम्पन्न भएपनि केही साइकल लेन छोपेर पत्ता साफ भएको हो।
उपमहानगरले सडकमा साइकल लेन राख्न विनियोजन गरेको बजेट स्वाहा भएको छ ।
यसको घाटा कसले भरपाई गर्ने ? भन्दै स्थानियहरु दुखि भएका छन् ।














प्रतिक्रिया दिनुहोस्