हेटौंडा उपमहानगरपालिका १० स्थित टिसिएन रोडका स्थानिय तथा व्यवसायिकहरुले सडक अबरोध गरेका छन् ।

उनिहरुले सडकको खाल्डाखुल्डी र धुलोका कारण निकै सास्ती भोग्नुपरेको उल्लेख गर्दै तत्काल निर्माण गरिन माग गर्दै अबरोध गरेका हुन् ।
बागमती प्रदेशको राजधानी समेत रहेको बसपार्क नजिकैको र दिनहु गुड्ने हजारौं सवारी सधानको धुलोको कारण सास्ती अनि सडकको खाल्डोका कारण हुने दुर्घटना रोक्नकालागि तत्काल सडक निर्माण हुनु पर्ने माग रहेको बताए।

बिगत ६,७ बर्ष देखि सडक मर्मत नगर्दा धुलो(धुवाले स्वास्थमा प्रतिकुल असर परेको र साथै सडक दुर्घटना जस्ता समस्या भएकाले को पटक पटक अनुरोध गरेपनी सम्बन्धित निकायले बेवास्ता गर्दा बन्द गरेको बताएका हुन् ।

यसै विच हेटौंडा उपमहानगरपालिका १०का अध्यक्ष फुर्वा दोर्जे तामाङ्गले यसकार्यमा अघि बढिने बताए ।
अध्यक्ष सहितको उपस्थितिमा कुराकानी गरेपछि सडक भने खुलाइएको छ ।

गएको स्थानिय तहको निर्वाचन अघिपनि सडक निर्माण गराउन माग गर्दै सडक अबरोध गरेका थिए । तर, सडकको खाल्डाखुल्डी भने उस्तै छ ।