हेटौडा,मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको आयोजनामा १५ औँ मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा हटिया डोजाङ प्रथम हुन सफल भएको छ ।

तेक्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको सभाध्यक्षता हेटौंडा उपमहानगरपालिकाको मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्तामा पुस १ शुक्रबारबाट जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता अन्तरगर्त दुईदिनसम्म चल्ने गरि आयोजना गरिएकोे खेलमा मकवानपुर डोजाङ ,दोस्रो र सेकग्नाईज डोजाङ तेस्रो भएको हो ।

सोही क्रममा २० देखि २४ केजी तौल तर्फ जुनियर पुरुष तर्फ रेकग्नाईज डोजाङ का सम्योग माझि ,महिला तर्फ ३२ र ३६ केजी तौलमा मकवानपुर डोजाङ बाट ईभा जिम्म्बा वेष्ट खेलाडी हुनसफल भयका छन् ।

त्यस्तै सिनियर तर्फ ४५,५० केजी तौलमा साततल्ले डोजाङका बिक्रम पख्रीन महिला तर्फ ४५,४९ केजी तौल तर्फ जनप्रीय डोजाङ बाट निरन्जना राना वेष्ट खेलाडी भए ।

क्वान्दो संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको सभाध्यक्षता  जिल्ला खेल्कुद बिकाश समितिका अध्यक्ष भेष खड्गीको प्रमुख आतिथ्यतामा विजयी र वेष्ट खेलाडीलाई पुरस्कार वितरण गर्दै प्रतियोगिताको समापन गरिएको हो ।

हेटौंडा उपमहानगरमा रहेका खेलाडीहरुको तौल विहीबार र नगरभन्दा बाहिरका खेलाडीहरुको तौल शुक्रबार विहान लिएपश्चातनै सहभागी रहेको र १६ जना निर्णायक रहने गरि करिब १८० जना खेलाडी सहभागी प्रतियोगितामा मकवानपुरको बागमती, बकैया, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको गरी १५ वटा डोजाङले सहभागिता जनाएका हुन् ।

उक्त कार्यक्रममा नगर खेल्कुद बिकाश समिति का अध्यक्ष चन्द्र शाही, जिल्ला खेल्कुद बिकाश समिति कार्यालय प्रमुख माधब कोईराला, सदस्य उमेश बुढाथोकी, संस्थापक प्रशिक्षक दिलिप राजथला, समिति सल्लाहकार भिम राउत, पत्रकार अबिभावक लगायतको उपस्थिति रहेको थियो ।