मकवानपुर प्रतिनिधि सभा १ र क्षेत्र नंं १ को प्रदेशसभा ख मा नेपाली कांग्रेसका लोकतान्त्रिक बामगठबन्धन तर्फका साझा २ उम्मेदवारले पराजय हुनुर्पो ।

मकवानपुर प्रतिनिधि सभा १ मा महालक्ष्मी उपाध्याय डिना र  क्षेत्र नंं १ को प्रदेशसभा (ख) मा आनन्दराम पराजुली पराजित भए ।

प्रतिनिधि सभा १ मा राप्रपा का उम्मेदवार दिपक बहादुर सिंहको हातमा बाजी गयो ।

यस विच उम्मेदवार सिंहको जितले २८ वर्षपछि मकवानपुरमा राप्रपा उदाएको छ ।

जसमा ९१,१०९ मत गणनामा सिहंले २७,८१६ मत पाए डिनाले २५,४३४ मत पाइन् । चुनाव चिन्ह सूर्य लिएर उठेका नेकपा एमाले तर्फ कमल थापाले २५,४२० पाए ।
……………………….
यता क्षेत्र नंं १ को प्रदेशसभा ख मा नेकपा एमालेका एकालाल श्रेष्ठको हातमा बाजी गयो ।

४५२५६ मत खसेकोमा एमालेको मकवानपुर अध्यक्ष समेत रहेका श्रेष्ठले १४,२२५ मत प्राप्त गर्दै विजयी भए भने पराजुलीले १३,३५६ मत प्राप्त गरे ।
पराजुलीले ८६९ मतान्तरले पराजित हुनु पर्यो ।
राप्रपाका उम्मेदवार गुञ्जनबहादुर न्यौपानेले १२,५७७ मत प्राप्त गरेका छन् ।

मतान्तर हिसाव गर्द केही कम मतान्तरले हारबेहोर्नु परेपनि गठबन्धको हिसाबले हेर्दा निकै कम मत आएको आकलन भइरहेको छ ।
……………………….
गठबन्धनबाट उम्मेदवार बनेकी डिनालाइ पराजय गर्दै राजनिति पक्षमा ओझेलै परेको राप्रपाले बाजी मार्नु र उता एक्लो एमालेले बाजी मार्नुले धेरैको चासो बनेको छ ।

पराजय हुनुमा कांग्रेसभित्रैको गुट र अन्तरबिरोध भएको मतदाताहरु देखि बिभिन्न व्यक्तीहरुले अनेकौं आकलन गरिरहेका छन्।

हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली कांग्रेसकी सह–महामन्त्री समेत रहेको ‘डिना’ले जनताले मत दिएको र मत र मनले आफ्नो हार नभएको बताइन् ।

सम्पुर्ण मतदाता सहयोगीहरुमा धन्यवाद दिदै केही प्राबिधिक त्रुटिले निर्वाचनमा हारेको बताइन् ।

यसविच उनले पत्रकारको प्रश्नमा पार्टी भित्र भएका केहि आन्तरिक त्रुटि र असन्तुष्टिको कारण हार भएको प्रतिक्रिया दिदै हारको समिक्षा गरिने बइन् ।

सामाजिक सञ्जालमा चुनाव हराउन अन्तर्घात गर्नेहरूको नाम नै सार्वजनिक भएको छ, अन्तर्घात भएकै हो ? भन्ने प्रश्नमा ‘त्यसको बारेमा स्पष्ट थाहा छैन। सत्यतथ्य पत्ता लगाएको बेलामा प्रमाणसहित मात्रै बोल्छु ।  ’ डिनाले भनिन् ।

क्षेत्र नंं १ को प्रदेशसभा ख मा पराजित भएका अर्का उम्मेदवार आनन्दराम पराजुलीले बामगठबन्धमा पनि हार हुनुमा आफुमा पनि केही कमि कमजोरी भएको हुन सक्ने बताए ।

जो विजयी हुनुभयो जनतले मतै दिएर भएको प्रतिक्रिया दिदै सधै भरि जनाबिचै रहेर काम गर्ने बताए ।
केही मतको कमीले अधिकार लिएर काम गर्न नपाएपनि सधै भरि जनताको सेवा गर्ने बताएका छन्।

……………………….