मकवानपुर प्रतिनिधि सभा १ – मा नव नवनिर्वाचित दिपक बहादुर सिंहले देशमा भएको भ्रष्टचार नियन्त्रण गर्न आफ्नो कदम बढ्ने बताए ।

मकवानपुर प्रतिनिधि सभा १९११०९ मत गणना हुँदा सिहंले २७,८१६ मत सहित बिजयी भएपछि यस्तो बताएका हुन् ।

जति नै गठबन्धन भएपनि यो निर्वाचनको मत हेर्दा जनताले सहि निर्णय गरेको धारणा सुनाउदै इमान्दारिताका साथ राष्ट्रियता जोगाउनकालागि  शरिरमा एकथोपा रगत भएसम्म राष्ट्रमा बफादार भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

देशमा भएको भ्रष्टचार नियन्त्रण गर्न आफ्नो कदम बढ्ने र जनताले गरेको विश्वास र आसा अनुसार काम गर्ने बताएका हुन् ।

लोकतान्त्रिक बामगठबन्धन तर्फ नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय र चुनाव चिन्ह सूर्य लिएर उठेका नेकपा एमाले तर्फका कमल थापा प्रतिद्धन्दी उम्मेदवार रहेका थिए ।