मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) मा २० हजार ९३२ मत गणना हुदाँ नेकपा एमालेका उम्मेदवार एकलाल श्रेष्ठले अघि लागेका छन् ।

जस मध्य श्रेष्ठले ६ हजार ३९६ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार गुन्जन बहादुर न्यौपानेले ६ हजार ९१ मत प्राप्त गरेका छन् ।

लोकतान्त्रिक बामगठबन्धका उम्मेदवार आनन्दराम पराजुलीले भने ५ हजार ५३९ मत प्राप्त गरेका छन् ।

१६ हजार १२८ मत गणना गर्दा सम्म लिएका राष्ट्रिय प्रजातन्त्र पार्टीलका गुञ्जन बहादुरलाई पछि पार्दै श्रेष्ठले अग्रता लिएपनि पराजुली अहिले तेस्रो स्थानमा छन् ।

मकवानपुरमा मंसीर ४ गते सम्पन्न गरिएको प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको हेटौंडा २ मा भइरहेको मतगणना जारी छ ।