प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ नजिकिदै गर्दा मकवानपुरमा सत्ता गठबन्धनका उम्मेद्वारहरुले चुनाब जित्नेमा ढुक्क देखिएका छन् ।
निर्वाचन प्रचारप्रसार, घरदैलो कार्यक्रम र चुनावी सभाहरुमा मतदाताहरुको उपस्थिति र सहभागिताले उम्मेद्वारहरुले चुनाब जित्नेमा निश्चित भएका हुन् ।
गठबन्धनका उम्मेद्वारहरु ठुला चुनावीसभामा भन्दा पनि प्रत्यक्ष घरदैलो कार्यक्रम सहित मतदाता भेटघाटमा केन्द्रित छन् । ५ दलिय गठबन्धनका साथ निर्वाचनमा होमिएको गठबन्धनका उम्मेद्वारहरु स्थानीय निर्वाचनमा उक्त दलका वडा अध्यक्षहरुले प्राप्त गरेको मतको आधारमा सहजै रुपमा निर्वाचन जित्ने दावी गरेका छन् ।
मकवानपुरको क्षेत्र नं. १ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी प्रभावशाली नेता महालक्ष्मी उपाध्याय (डिना) उम्मेद्वार हुनुहुन्छ भने बिपक्षी गठवन्धनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको समर्थनमा सुर्य चुनाव चिन्ह लिएर उम्मेद्वार हुनुहुन्छ । भने कमल थापाको पूर्व सहकर्मी दिपक बहादुर सिंह राप्रपाबाट उम्मेद्वार रहेका छन् ।
स्थानीय निर्वाचनमा उम्मेद्वारहरुले प्राप्त गरेका मतलाई हेर्ने हो भने कांग्रेस, माओबादी केन्द्र र एकीकृत समाजवादीको मतलाई आकलन गर्देक्षेत्र नं. १ मा गठबन्धनका उम्मेद्वार डिनाले सहजै रुपमा जित्न सक्ने आकलन गरिरहेका छन् ।
स्थानीय निर्वाचनमा कांग्रेसले करिव २६ हजार, नेकपा माओबादी केन्द्रले करिव २० हजार, कांग्रेस माओवादी गठबन्धनको करिब ३१ हजार मत गरि करिब ७८ हजार प्राप्त गरेका थिए ।
्स्थानीय निर्वाचनमा एमालेले करिव ५९ हजार मत प्राप्त गरेको थियो । त्यस्तै मकवानपुरको क्षेत्र नं। २ मा गठबन्धन कै बिरोध खतिवडा यस पटक पनि दोब्बर मतले चुनाव जित्नेमा ढुक्क रहेको पक्षधरको धारणा छ ।
 भन्छन्य “ही क्षेत्रमा नेकपा एमालेका महेश बर्तौला उम्मेद्वार हुनुहुन्छ । खतिवडाको चुनाव जित्ने आधार भनेको स्थानीय निर्वाचनमा गठबन्धनमा सहभागी दलहरुले प्राप्त गरेको मत नै  मुख्य आधार हो ।”
गत स्थानीय निर्वाचनमा कांग्रेसले करिब ३५ हजार, नेकपा माओबादी केन्द्रले करिब २३ हजार, एकीकृत समाजवादीले करिब ३ हजार मत, राष्ट्रिय जनमोर्चाले करिब ५ सय गरी करिव ६१ हजार ५ सय मत प्राप्त गरेका थिए ।
स्थानीय निर्वाचनमा एमालेले करिव ३६ हजार मत प्राप्त गरेको थियो ।
त्यस्तै प्रदेश सभामा पनि गठबन्धनकै उम्मेद्वारहरुले जित्ने लगभग निश्चित भएको बताइरहेका छन् ।
उनीहरुको जितमा पनि गठबन्धनको महत्वपूर्ण भूमिका रहेको छ । प्रतिनिधि सभा १ को प्रदेश सभा (क) मा गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका प्रेमबहादुर पुलामी उम्मेद्वार छन् ।
उनी निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् । स्थानीय निर्वाचनको आधारमा प्रदेश सभा (क) मा हालको सत्ता गठबन्धनले करिव ५५ हजार मत प्रप्त गरेको थियो भने नेकपा एमालेले करिव ३९ हजार मत प्राप्त गरेको थियो ।
प्रतिनिधि सभा १ को प्रदेश सभा (ख) मा भने नेपाली कांग्रेसका आनन्दराम पराजुली उम्मेद्वार छन् ।
यस क्षेत्रमा पनि पराजुली चुनाव जित्नेमा ढुक्क देखिन्छन् ।
कांग्रेसका प्रभावशाली नेता तथा सबैमाझ लोकप्रिय पराजुली भन्छन्  “चुनाव जित्ने गठबन्धन हो ।”
स्थानीय निर्वाचनको मतको आधारमा प्रदेश सभा (ख) मा हालको सत्ता गठबन्धनले करिव २३ हजार मत प्रप्त गरेको थियो ।
नेकपा एमालेले करिव २० हजार मत प्राप्त गरेको थियो ।
साथै प्रतिनिधि सभा २ को प्रदेश सभा (क) मा नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चाज कुमारी मोक्तान उम्मेद्वार हुनुहुन्छ ।
बागमती प्रदेशका सामाजिक बिकास मन्त्री समेत रहनुभएकी मोक्तान सहजै रुपमा चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ।
स्थानीय निर्वाचनको मतको आधारमा प्रदेश सभा (क) मा हालको सत्ता गठबन्धनले करिव ३२ हजार मत प्रप्त गरेको थियो ।  नेकपा एमालेले करिव २१ हजार मत प्राप्त गरेको थियो । प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्र बहादुर बाँनिया उम्मेद्वार हुनुहुन्छ ।
बाँनिया पनि सहजै रुपमा चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ । स्थानीय निर्वाचनको मतको आधारमा प्रदेश सभा (ख) मा हालको सत्ता गठबन्धनले करिव २८ हजार मत प्रप्त गरेको थियो भने नेकपा एमालेले करिव १६ हजार मत प्राप्त गरेको थियो ।