मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको दावी गरिरहेका छन् ।
मकवानपुरमा पनि नेताहरुको प्रतिस्पर्धामा रोचक बन्ने देखिएको छ ।
नेताहरु चुनाव जित्ने रणनीतिमा छन् । यसैविच राप्रपाको प्रचारमा बलिउड चलचित्रमा तहल्का मच्चाएकी नायिका मनिषा कोइराला पनि खटिएकी छिन् । सोमबार हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मनिषा कोइराला पनि हेटौँडाको कार्यक्रमलाई सम्बोधन गर्न आइपुगे।
सोमबार हेटौँडाको कार्यक्रमलाई सम्बोधन गर्न हेलीकप्टर चढेर मनिषा र अध्यक्ष लिङ्देन पदमपोखरी आइपगेका थिए ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को लागि उम्मेदवार बनेका राप्रपाका दीपकबहादुर सिंहले मन्तव्य राख्दै गरेकै समयमा मनिषा आइपछि निर्वाचितै भए सरह गर्दै स्वागत गर्न हातभरी फुलका गुच्छा र माला लिएर सबैजन सिंहको मन्तव्यनै छाडे ।
स्टेज सम्म ल्याउन सिंह लगायत पार्टीका प्रतिनिधि पुगे भने सबैले भव्य स्वागत गरे ।
उनले नेपाल आमाले बल्ल सही नेतृत्व पाएको भन्दै मन्तव्य राखिन् ।
नेपाली कांग्रेसका बिपीको नातिनि एवंम् बलिउड नायिका मनिषाले अध्यक्ष लिङ्देनले भ्रष्टचार गर्नु भनेको आमाको रगत खानु हो भन्ने भनाइले मन छोएर लिङ्देनप्रति आफूलाई विश्वास लागेर सर्मथन गर्न नेपाल आएको उल्लेख गरिन् ।
उनको भाषण प्रति सम्मेहित हुदै राप्रपाका कार्यकर्ता, नेता तथा उम्मेदवारहरु उत्सहित देखिएका थिए भने मनिषाले छोटो मन्तव्यको अन्तय गर्दै भनिन्, ‘तपाईंहरूको जय होस् । ‘जय नेपाल ।’ युवाहरूले ‘जय राष्ट्रवाद’ भनेपछि फर्किएर फेरि भनिन्, ‘जय राष्ट्रवाद’ ।
मनिषा पछि अध्यक्ष लिङ्देनको सम्बोधन पश्चायत फिर्ता हुन हेलीकप्टर चढ्न पुगेको मनिषालाई बिदाई गर्नेहरुको भिड भयो । भारतिय चलचित्रमा स्थापति मनिषा फोटो खिचाउन व्यस्त रहिन् । सञ्चारर्मीहरुको अनुरोधमा पनि संचारकर्मी संग बोल्नै चाहिनन् ।















प्रतिक्रिया दिनुहोस्